नेपाल र भारत भनेका मन्दिरहरूका देश हुन्, जहाँ हरेक स्थानमा मन्दिर भेटिन्छ। केही मन्दिर अत्यन्त प्राचीन छन् भने केहीचाहिँ नयाँ पनि छन्।नेपाल र भारतमा हरेक दिन मन्दिर बनिरहेका हुन्छन्। मन्दिरमा भगवानको पूजा गरिन्छ। नेपाल र भारत दुबै देशमा प्राचीनकालदेखि नै शिल्पकारहरूकाे कुनै कमी थिएन र ती शिल्पकारहरू उच्च थिए । तीमध्ये नेपालका एक प्रसिद्ध मूर्तिकार अरनिकाे नेपालबाट तिब्बत हुँदै चीनसम्म पुगेर अाफ्नाे बेजाेड कलाकारिता देखाएका थिए। आज हामी तपार्इँलार्इ एक एउटा त्यस्तै प्राचीन मन्दिरकाे बारेमा जानकारी दिन गइरहेका छाैँ जुन अाजभन्दा १२०० वर्ष पुरानाे छ र अाश्चर्यकाे कुरा के छ भने त्याे मन्दिर केवल एक मात्र पत्थरबाट बनेकाे हाे।
कैलाश मन्दिर, एलोरा कैलाश मन्दिरलार्इ हिमालयकाे कैलाशकाे रूप दिनमा एलोराका वास्तुकारहरूले केही कमी गरेनन्। शिवकाे याे दुर्इ तले मन्दिर पर्वतकाृे ठोस चट्टानलार्इ काटेर बनाइएकाे छ।एलोराकाे याे कैलाश मन्दिर भारत महाराष्ट्रकाे औरंगाबाद जिल्लामा प्रसिद्ध ‘एलोराका गुफ़ाहरू’ मा अवस्थित छ। यसकाे खास विशेषता के हाे भने याे मन्दिर संसारभरिमा नै एक मात्र पत्थरकाे शिलाबाट बनेकाे सबेभन्दा ठूलाे मूर्तिका लागि विश्व प्रसिद्ध छ। यस मन्दिरलार्इ तयार गर्न झण्डै १५० वर्ष लागेकाे थियाे र लगभग ७००० कालिगढहरूले लगातार काम गरेका थिए। कलाकारिताका दृष्टिले कैलाश मन्दिर अद्भुत देखिन्छ। मन्दिर एलोराकाे गुफा संख्या १६ मा अवस्थित छ। यस मन्दिरमा कैलाश पर्वतकाे अनुकृति निर्माण गरिएकाे छ।एलाेराका गुफाहरूएलोरामा तीन प्रकारका गुफाहरू छन्ः-
महायानी बौद्ध गुफाहरू
पौराणिक हिन्दू गुफाहरू
दिगम्बर जैन गुफाहरू
यी गुफाहरूभध्ये केवल एक मात्र गुफा १२ तले छ, जसलनर्इ ‘कैलाश मन्दिर ’ भनिन्छ। यस मन्दिर काे निर्माण राष्ट्रकूटका शासक कृष्ण प्रथमले गराएका थिए। याे गुफा शिल्प कलाकाे एक अद्भुत नमूना हाे। एउटै मात्र चट्टानलार्इ काटेर बनाइएकाे यस विशाल र भव्य मन्दिरका प्रत्येक मूर्तिकाे शिल्पकला अत्यन्त उच्च कोटिकाे छ। यी गुफाहरूभन्दा एक किलोमिटर परकाे दूरीमा एलोरा गाउँ छ। यही गाउँकाे नामबाट ने यी ‘एलोरा गुफाहरू’ काे नाम रहन गएकाे हाे।
मूर्तिकला
कैलाश मन्दिरलार्इ छोडेर अरू शेष मन्दिरहरू ६००-७५० ई. काे आस-पास बनेका मानिन्छन्। एलोराकाे मूर्तिकला अनुपम छ। गुप्त कालपछि यति भव्य र अाकर्षक निर्माण शिल्पकारिताकाे नमुना अरू कुनै कालखण्डमा भएकाे पाइँदेन। एलोराका गुफाहरू सीधा सम्बन्ध बौद्ध, हिन्दू र जैन धर्मसँग रहेकाे छ, त्यसैले यी धर्मका अनुयायीहरूकाे यहाँ भीड लागिरहन्छ। यसका अतिरिक्त देशी-विदेशी पर्यटकहरूकाे पनि यहाँ बाह्रै महिना चहल-पहल भइरहन्छ। यी गुफाहरूमा कतिसम्म आकर्षण र कला कौशल झल्केकाे छ भने यहाँ आइपुग्ने सबै पर्यटक यिनीहरूलार्इ देखेर चकित हुन्छन्। यी गुफाहरू भएकाे पूरै क्षेत्र अत्यन्त खुला र शान्त छ। एलोराकाे नजिकै ‘घृष्णेश्वर महादेव’ काे मन्दिर छ।
भव्य नक़्क़ाशी
एलोराकाे गुफा-१५ सबभन्दा ठूलाे गुफा हाे, जसमा सबभन्दा धेरै उत्खनन कार्य गरिएकाे पाइन्छ। यहाँकाे कैलाश मन्दिरमा विशाल र भव्य कलाकारिता झल्केकाे छ, जुन कैलाशका स्वामी भगवान शिवलार्इ समर्पण गरिएकाे हाे। कैलाश मन्दिर ‘विरुपाक्ष मन्दिर’ बाट प्रेरित भएर राष्ट्रकूट वंशकाे शासनकालमा बनाइएकाे थियाे। अन्य गुफाहरूजस्तै यसमा पनि प्रवेश द्वार, मण्डप तथा मूर्तिहरू छन्।
अनुपम वास्तुशिल्प
अनुपम वास्तुशिल्पकैलाश मन्दिरलार्इ हिमालयकाे कैलाशकाे रूपमा ढाल्नलार्इ एलोराका वास्तुकारहरूले कुनै कमी गरेका छैनन्। शिवकाे याे दुर्इ तले मन्दिर पहाडकाे ठोस चट्टानलार्इ काटेर बनाइएकाे हाे र अनुमान के छ भने करिब ३० लाख हात पत्थर त्यस चट्टानबाट काटेर निकालिएकाे थियाे। कैलाशकाे यस परिवेशमा, समीक्षकहरूकाे अनुमान छ, यस बेजाेड मन्दिरलार्इ अाफ्नाे आँगनमा राख्न सकिन्छ। एथेन्सकाे प्रसिद्ध मन्दिर ‘पार्थेनन’ यसकाे आयाममा पूर्ण रूपले समूचा समाहित गर्न सकिन्छ र यसकाे उचाइ पार्थेननभन्दा कम्तीमा पनि डेढ गुना धेरै छ। कैलाशकाे भैरवकाे मूर्ति जति भयकारक छ, पार्वतीकाे मूर्ति त्यति नै स्नेहशील छ भने ताण्डवकाे वेग त यस्ताे छ, जस्ताे पत्थरमा अन्त कतै त्यस्ताे उपलब्ध नहाेस्।
शिव-पार्वतीकाे प्रणयले भावी सुखकाे मर्यादा राख्दछ, जस्तै रावणकाे कैलाशत्तोलन पौरुषलार्इ मूर्तिमान गरिदिएकाे हाेस्। उसका भुजाहरू फैलिएर कैलाशकाे सेराेफेराे जसरी घेरेकाे छ र यति जोडले हल्लाउँछ त्यसबाट उमाका साथसाथै कैलाशका अन्य सबै जीवहरू पनि संत्रस्त हुन्छन्। त्यसपछि शिवले अाफ्नाे गाेडाकाे बूढीअाैँलाले पर्वतलार्इ हल्कासँग थिचेर रावणकाे गर्वलार्इ चकनाचुर गरिदिन्छन्। कालिदासले कुमारसंभवमा जुन रावणकाे यस प्रयत्नबाट कैलाशका सन्धिहरू तितरबिखर भएकाे जुन कुरा उल्लेख गरेका छन्, त्याे यस दृश्यमा सर्वथा कलाकारहरू कुनै अन्याय नगरी प्रस्तुत गरेका छन्। एलोराकाे वैभव भारतीय मूर्तिकलाकाे एक मूर्धन्य उपलब्धि हाे।
युनेस्कोद्वारा सन् १९८३ देखि ‘विश्व सम्पदा सूची’ समावेश गरिएपछि अजन्ता र एलोराका तस्वीरहरू र शिल्पकला बौद्ध धार्मिक कलाका उत्कृष्ट नमूना मानिन्छन् र यिनीहरूकाे भारतकाे कलाकाे विकासमा गहिराे प्रभाव छ। भारतीय अनलाइन इन्डियननाेभाबाट नेपालीमा अनुवाद । भाषा अनुवादकः कुमार पाैडेल

1 comments
प्रतिक्रिया दिनुहोस्...
October 3, 2016 at 10:41 PM
This could be a Buddhist temple. You need to investigate further. The entire Karnali region and much more was widely influenced by Buddha Dharma before 12'th century, and many people built many temples and monasteries, like Kakrevihar in Surkhet.