-->
Loading...
किन मदन भण्डारीका हत्यारा खोज्दैनन् विद्या भण्डारी र केपी ओली ?

काठमाडौं ।  मदन भण्डारी,नेपालका सबैजसो कम्युनिष्ट पार्टी र नेताले उनको नाम सम्मानपुर्वक लिन्छन् । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी एक क्रान्तिकारी कम्युनिष्ट नेता थिए । तर अल्पायुमै उनको रहस्यमयी रुपमा निधन भयो । वि.सं. २०५० साल जेठ ३ गते चितवनको दासढुङगामा जिप दुर्घटनामा परी उनको निधन भएको थियो । तर यो दुर्घटना होइन षड्यन्त्र हो भन्नेहरु बढी छन् । उनको निधन भएको २३ वर्ष वितिसकेको छ । तर विडम्वना एमालेले यो विषयमा कहिल्यै गम्भीरता देखाएन,त्यसैले पनि मदन भण्डारीको हत्या कि दुर्घटना निकै चासो र रहस्यको प्रश्न बन्दै आएको छ ।

 मदन भण्डारीकै धर्मपत्ी विद्यादेवी भण्डारी राष्ट्रपति र उनका समकक्षी केपी शर्मा ओली प्रधानमन्त्री हुदाँ पनि किन खोजीएन मदन भण्डारीका हत्यारा ? किन त्यो विषयमा अनुसन्धानसम्म पनि भएन ? अहिलेकी राष्ट्रपति अर्थात् मुलुकको सर्वोच्च व्यक्ति उनै मदनकी जीवनसंगीनी र राजनीतिक सहयात्री  विद्यादेवी भण्डारी छिन्  ।  निर्वतमान प्रधानमन्त्री केपी ओली मदनको हत्याको छानवीन गर्न त्यतिवेला गठित आयोगका अध्यक्ष समेत थिए ।  ओलीले कुनै बेला भनेका थिए– म सरकारमा गएभने भण्डारीका हत्यारा अवश्य पत्ता लगाउँछु । तर उनको त्यो बोली एकादेशको कथाजस्तै भयो ।

 ओलीले त चासो दिएनन् दिएनन् वा अतितको आफ्नो बोली विर्से तर राष्ट्रपति विद्यादेवि भण्डारीले समेत चासो नदिएको आम नागरिकको बुझाई छ । यसको अर्थ भण्डारीलाई पीडा नै छैन भन्ने होइन तर उनले जसरी चासो र गम्भीरता देखाउनुपथ्र्यो,त्यसो भएन ।  मदन भण्डारी नेपाली राजनीतिका एक अद्भुत जननेता थिए । पार्टीगत रुपमा एमालेका महासचिव भएपनि उनी मुलुककै आशालाग्दा नेताका रुपमा देखिएका थिए । विपी कोईराला र मदन भण्डारी नेपालमा सवैले सम्मानपुर्वक लिने नाम हुन ।  एमालेको महासचिव रहेकै बेला मदन भण्डारीको रहस्यमय हत्या भएको २३ बर्ष बितिसकेको छ ।  दुर्घटनामा मदनसंगै रहेका एमालेका संगठन विभाग प्रमुख जिवराज आश्रितको पनि निधन भएको थियो । तर जिपका चालक अमर लामा भने दुर्घटनामा परेर पनि जिवितै फर्किए । उनको पनि २०६० सालमा रहस्यमय हत्या भयो तर सबै रहस्यमयी ।             
                                       राष्ट्रपति विद्यादेवी भण्डारी, स्व.पति मदन भण्डारीका साथ मदनकी पत्नी तथा नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले गत कात्तिक १३ गते राष्ट्रपतिको पद तथा गोपनीयताको सपथ र पदभार ग्रहण गरेकी थिइन् । विद्या भण्डारीले २०३९ सालमा तत्कालिन नेकपा मालेका महासचिव मदन भण्डारसँग भूमिगत रुपमै विवाह गरेकी थिइन् । मदन र विद्यादेवीका दुई छोरीहरु उषाकिरण र निशाकुशुम भण्डारी रहेका छन् । विद्याले राष्ट्रपतिको जिम्मेवारी सम्हालेको दिन मदन र विद्याकी जेठी छोरी उषाकिरण भण्डारीले आफ्नो पिताको मृत्युलाई हत्या भएको प्रतिक्रिया दिएकी थिइन् ।  भण्डारीको हत्यामा चालक अमर लामाको संलग्नता रहेको आशंका गरिएको थियो । अमर लामा जेल परे जेलबाट छुटेपछि पनि घटनाका एकमात्र जीवित साक्षी लामाले यसबारेमा रहस्य कहिल्यै खोलेनन्, पछि लामाको पनि हत्या भयो ।

उनको हत्या माओवादीले गरेको सार्वजनिक भएपनि तर किन लामाको हत्या भयो भन्ने कुरा खुलेन । एमालेले नै माओवादीसँग यसबारेमा सोधीखोजी गरेन ।  भण्डारी तथा जीवराज आश्रित चढेको जीप दुर्घटना भएपछि नेताद्वयको हत्या भएको भन्दै एमालेले आन्दोलन चर्काएको थियो । आन्दोलन चर्किंदै गएपछि सरकारले पूर्व न्यायाधीश प्रचण्डराज अनिलको नेतृत्वमा छानवीन आयोग गठन पनि गरेको थियो ।  अनिल आयोगको प्रतिवेदनमा एमालेले चित्त वुझाएन र आन्दोलन झनै चर्कियो ।  त्यसपछि तत्कालीन वहालवाला न्यायाधीश त्रिलोकप्रताप राणा आयोग गठन गरियो ।  तर यो आयोगले पनि मदन आश्रितको जीप दुर्घटना वा हत्याकाण्ड खुलाउन सकेन ।

  त्यहीविचमा एमालेले दासढुंगा काण्डको छानवीन गर्न तत्कालिन स्थायी समिति सदस्य केपी ओली आयोग गठन गरेको थियो । जनस्तरबाट पनि पद्मरत्न तुलाधर आयोग गठन गरियो ।  पद्मरत्न तुलाधर आयोगले घटनालाई षडयन्त्रमूलक हत्या भएको ठहर गरेको थियो ।  भण्डारीको हत्या भएको अर्को बर्ष २०५१ सालमा एमालेको अल्पमतको सरकार गठन भयो । नेकपा एमालेका अध्यक्ष रहेका स्व. मनमोहन अधिकारी प्रधानमन्त्री निर्वाचित भए ।  त्यतीबेला पनि दासढुंगा हत्याकाण्डको छानवीनको चर्को माग फेरी उठेको थियो ।  नौ महिना सरकार चलाएको एमालेले मदन आश्रितको रहस्यमय घटनाको बारेमा खासै कुनै प्रयत्न नै गरेन । नौ महिनामात्रै सरकारमा बिताउनु परेको र अल्पमतको सरकार भएकोले सो सम्बन्धी केही प्रगति हुन नसकेको भन्दै एमालेले जवाफ दियो ।  पार्टीले गठन गरेको आयोगका संयोजक ओलीले एमालेको बहुमतको सरकार भए हत्यारा पत्ता लाग्ने दावी गरेका थिए । तर उनी प्रधानमन्त्री हुदा कसले रोक्यो भण्डारीका हत्यारा पत्ता लगाउन ?

 उक्त घटनालाई हत्या भएको ठहर गर्दै कांग्रेसी सरकारका विरुद्धमा गरेको आन्दोलनपछि बनेको एमालेको सरकारले कांग्रेसी सरकारका विरुद्धमा अघि सारिएको प्रमुख मागका रुपमा रहेको दासढुंगा छानविनको बुँदा आफ्नो मागपत्रबाट एकाएक गायव पारेको थियो ।  खास कुरा त के छ भने एमालेले न आफैँले हत्या घोषित गरेको घटनाको छानविनलाई अघि बढायो न त जेलमा रहेको अमर लामासँग एक पटक पनि बयान लिने प्रयास गर्यो । त्यसैले आम नेपालीको मनमा यो प्रश्न निरन्तर उब्जीरहन्छ एमाले मदन भण्डारीका हत्यारालाई किन खोज्दैन ?


1 comments

kp oli le bidya bhandari lai chikccha saabai lai thaaha bhaye kai kura ho. banki aaafai bichar garnu hos.

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.