-->
Loading...
चाहेर पनि संगै हुन नसकेका बलिउडका ८ जोडी

वर्षौंसम्मको प्रेम पश्चात आज पनि साथसाथ बलिउडमा थुप्रै कलाकार छन्। साथै बलिउडमा ती कलाकारको पनि कमी छैन जसको प्रेमले लक्ष्य भेट्न सकेन। यी हुन बलिउडका ती कलाकार जो चाहेर पनि साथ साथ हुन सकेनन्।
महेश भट् र परवीन बबी
परवीन बबी आफ्नो एक्टिङ करिअरमा निकै सफल थिइन जब उनको महेश भट्संग प्रेम सम्बन्ध गाँसियो। सन् १९७७ मा दुवै संगै बस्थे। महेश भट् विवाहित थिए भने परवीनको कबीर बेदीसंग ब्रेकअप भएको थियो। तर यो जोडीसंगै रहन सकेन, कारण बन्यो परवीनको स्वास्थ्य।
परवीन मानसिक रुपमा बिरामी थिइन, सो बखत उनको रोगको उपचार कतै सम्भव भएन। महेशले उनलाई उपचार गराउन अमेरिकासम्म पुर्याए, तर उनी ठिक भइनन। चिन्तत महेश परवीनलाई छोडी आफ्नै पत्नीकोमा फर्किएका थिए।
ऐश्वर्या राय र सलमान खान
फिल्म ‘ह दिल दे चुके सनम’ पहिलो अनि अन्तिम पटक देखिएको यो जोडी बलिउडको सबैभन्दा चर्चामा रहेको जोडी बन्यो। यो जोडीको सम्बन्ध टुटेर त्यो स्थितिसंग पुग्यो कि अब यी दुइ एकअर्कोलाई देख्न समेत इच्छा गर्दैनन्। सलमान ‘ओभर इमोशनल’ हुनाले यो जोडी बिच फाटो आएको थियो र अन्तमा ऐश्वर्याले नै यो सम्बन्धको अन्त्य गरिदिइन।
अमिताभ बच्चन र रेखा
यो प्रेम कथा बलिउडको सबैभन्दा असफल प्रेम कथा मध्येको एक हो। यो जोडीलाई बलिउड र फ्यानले निकै रुचाउने गरेको थियो। यी दुई फिल्म ‘दो अनजाने’ को सेटमा अनजानमै नजिकिएका थिए। तर अमिताभले कहिल्यै पनि आफ्नो प्रेम स्वीकार गरेनन। उता रेखा यसको लागि सदैव तयार थिइन। केही वर्ष पछि अमिताभले जयासंग विवाह गरि यो प्रेम कहानीको अन्त्य गरिदिए। त्यस पश्चाय यो जोडी रिल र रियल लाइफ कतै पनि संगै देखिएनन।
दिलीप कुमार र मधुबाला
बलिउडका सदावहार यो जोडी पनि प्रेम सम्बन्धमा गाँसिएका थिए। अन्य कलाकार झै यो जोडीले आफ्नो सम्बन्धलाई मिडियाबाट लुकाएका समेत थिएनन। फिल्म ‘इन्सानियत’ को प्रिमियरमा यो जोडीलाई निकै नजिकिएको देखिएको थियो। यो जोडीको सम्बन्ध गहिरो थियो तर विवाहमा परिणत कहिल्यै हुन पाएन। पछि दिलीप कुमारले आफु भन्दा २२ वर्ष कान्छी नायिका सायरा बानोसंग विवाह गरे।
शत्रुघ्न सिन्हा र रीना रोय
कुनै समय थियो जब शत्रुघ्न र रीना एकदोस्रोको दिवाना थिए। कामको सिलसिलामा जब रीना लण्डन गइन, तब यता शत्रुघ्नले पूनमसंग विवाह गरेर सबैभन्दा चकित पारिदिएका थिए। जब रीनाले विवाहको खबर पाइन तब तुरुन्त फर्किएर शत्रुघ्नसंग जवाफ मागिन। विवाह पश्चात पनि कयौं वर्षसम्म शत्रुघ्न रीनासंग भेट्ने गर्थे। यो जोडीको सम्बन्ध किन टुट्यो त्यसको जवाफ भने स्वयं यो जोडी मात्र जान्दछ।
मिथुन चक्रवर्ती र श्रीदेवी
फिल्म ‘जाग उठा इंसान’ को सेटमा मिथुन र श्रीदेवी आपसमा नजिकिएका थिए। त्यस बखत मिथुनले विवाह गरिसकेका थिए। मिथुन र श्रीदेवीले गुपचुप विवाह गरेको पनि चर्चा चल्ने गर्छ, तर मिथुन आफ्नो प्रेमलाई अरुको अगाडी स्वीकार गर्न डराउँदै आए। मिथुन र श्रीदेवीको विवाहको कुरा सुनेर मिथुनकी पत्नी योगिता बालीले आत्महत्याको कोसिस गरेपछि मिथुन सबै छोडेर पत्नीको साथमा पुगे। त्यसको केही समय पछि श्रीदेवीले बोनी कपुरसंग विवाह गरिन।
संजय दत्त र माधुरी दिक्षित
फिल्म ‘साजन’ को सुटिङको क्रममा संजय दत्त र माधुरी दिक्षित नजिकिएका थिए। त्यो बेला यी दुइको प्रेमले बलिउडमा निकै चर्चा पाइसकेको थियो। तब संजय विवाहित थिए। माधुरीको पितालाई यो सम्बन्ध मनपरेको थिएन। फिल्म ‘खलनायक’ को क्रममा संयज दत्त जेल परे अनि माधुरीले दुरी बनाइन। त्यसपश्चात यो जोडीले फेरी संगै काम गरेको छैन।
अक्षय कुमार र रवीना टन्डन
९० को दशकमा रवीना बलिउडकी टप नायिका थिइन। यसै बेला रवीना अक्षयसंग प्रेम गर्थिन। फिल्म ‘मोहरा’ गर्दै गर्दा दुवै निकै नजिकिएका थिए। रवीना सम्बन्ध प्रति सिरियस थिइन, तर अक्षय केवल एक लवर ब्वाय मात्र थिए। अक्षयलाई हर दोस्रो केटी प्रति प्रेम जागिहाल्थो। त्यो समय अक्षयको नाम रेखासंग समेत जोडिएको थियो। अक्षयको यस्तै व्यवहारको कारण रवीनाले उनीसंग सम्बन्ध तोडेकी थिइन।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.