भारतलाई पराजित गर्दै नेपाल २३ वर्षपछि दक्षिण एसियाली खेलकुद (साग) फुटबलको च्याम्पियन भएको छ । सोमबार भारतको गुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा आफ्नै मैदानमा भारतीय खेलाडीहरुलाई २–१ ले हराउँदै नेपाली टिमले उपाधि उचाल्दा नेपालीहरुको शीर गौरवले उचो भयो ।
यो जितका पछाडि मुख्य शुत्राधार हुन् नेपाली फुटवल टिमका प्रशिक्षक राजु शाक्य । २३ वर्ष अघि नेपाललाई उपाधि दिलाएका त्यो बेलाका कप्तान राजु साक्यले देशलाई स्वर्ण पदक मात्र दिएनन् आफ्नो सपना पनि पुरा गरे ।
२३ वर्ष अघि आफू कप्तान रहेको टिमले भारतलाई हराएको समयमा उनले भारतीय मैदानमा भारतलाई हराउने इच्छा ब्यक्त गरेका थिए । जुन उनले सोमबार राति पुरा गरे । राजुले २३ वर्ष अघि गरेको उद्घोष गोरखापत्र दैनिकले हेडलाइन समाचार बनाएको थियो ।
नाकाबन्दी गरिरहेको भारतलाई पराजित गरोस् भन्ने नेपाली मानसिकता र सामरिकरुपमा निक्कै चासोका साथ हेरिएको खेलमा भारतलाई हराउँदा राजुलाई मात्र होइन सबै नेपालीहरुलाई खुसी लागेको छ । क्रिकेटमा हारेको बदला मात्र होइन नेपालीहरुले नाकाबन्दी लगाउने भारतसँग समेत बदला लिएको भन्दै सामाजिक सञ्जालमा चर्चा भैरहेको छ । १९९३ मा च्याम्पियन हुँदाका कप्तानसमेत रहेका शाक्यले भारतलाई हराएपछि आफ्नो जिन्दगीकै सबैभन्दा ठूलो इच्छा पुरा भएको पनि बताएका छन् । उनले भने “मेरो इच्छा पुरा भयो, भारतलाई उसकै मैदानमा हराउन चाहन्थ्यौं ।’
राजुको प्रशिक्षणमै नेपाली टिमले १ महिना भित्र २ अन्तराष्ट्रिय प्रतियोगिता जितिसकेको छ । राजुको प्रशिक्षणमा रहेको नेपाली टिमको विजयसँगै पराजित भारतका मिडियाले नेपालसँग हारेको र भारतले स्वर्ण नजितेको भन्ने लाइनमा समाचार बनाएका छन् ।nepaliheadlines
0 comments
प्रतिक्रिया दिनुहोस्...