-->
Loading...
विश्व फुटबलका सर्वोच्च व्यक्ति जोसेफ सेप ब्लाटरले नेपालको खेल हेरेर भनेका थिय नेपालमा मेस्सिको कमि छ त्यो अब पुरा भयो -

काठमाण्डु, ४ फागुन– तत्कालिन विश्व फुटबलका सर्वोच्च व्यक्ति जोसेफ सेप ब्लाटर २०६८ फागुन २५ गते काठमाण्डु आएका थिए । ब्लाटरले नेपालमा भएको निकै महत्वपूर्ण प्रतियोतिको उद्घाटन मात्र गरेनन् नेपाल र प्यालेस्टाइनबीचको खेल लाइभ समेत हेरे ।
खेल हेरेपछि उनले प्रतिक्रिया दिने क्रममा भने, ‘मैलै नेपाली युवा खेलाडीहरुको खेल हेरेँ, नेपालको खेल बार्सिलोनाको जस्तै छ । यहाँ खाली मेस्सीको कमी छ, टीममा मेस्सी हुनु जरुरी छ ।’ उनले नेपालले राम्रो प्रदर्शन गर्ने तर गोल गर्न नसक्ने सन्दर्भलाई ब्यंग्यात्मक रुपमा यसो भनेका थिए ।
ब्लाटरले नेपालमै आएर यसो भनेको ४ वर्ष पुरा हुँदा नेपालले साच्चीकै मेस्सी पाएको छ । मेस्सी बार्सिलोनाका यस्ता खेलाडी हुन् जो विपक्षको पोस्टमा गोल गर्न र गोलको अवसर सिर्जना गर्न निकै सिपालु छन् । उनले एन्फा कम्प्लेक्समा सडक बलाक तथा एकेडमीका किशोरको खेल समेत हेरे । त्यसबेला अहिले राष्ट्रिय टीममा रहेको केही खेलाडी पनि सहभागी थिए ।
sag
खेल हेरेपछि ब्लाटरले भनेका थिए, ‘एसिया भनेको भविष्य हो । यहाँ अहिले खेल्ने बालकहरु भविष्य हुन् । नेपालको भविष्य राम्रो छ ।’
यसरी ब्लाटरले ४ वर्ष अघि गरको कमेन्ट अहिले आएर वास्तवमै साँचो सावित भएको छ । नेपालले विपक्षीको पोस्टमा गोल गर्ने कला भएका मेस्सी जस्तै खेलाडी नवयुग श्रेष्ठलाई पाएको छ र जित पनि हात पारको छ । श्रोत काठमांडू टुडे बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.