काठमाडौं – केही दिनदेखि बढिरहेको सुनको मूल्यवृद्धि आगामी हप्तासम्म जारी रहे पनि यसले लामो समय निरन्तरता नपाउने सुनचाँदी महासंघले जनाएको छ । विश्व बजारमा आकस्मिक रुपमा मूल्य बढ्दा त्यसको असर नेपालमा परेको उल्लेख गर्दै महासंघले त्यसपछि पनि बढिरहने बलिया आधार नभएको जनाएको छ ।
‘सुनको मूल्य निरन्तर बढिरहने बलियो आधार देखिँदैन,’ महासंघका महासचिव दियेशरत्न शाक्यले भने, ‘विश्वमा सुनचाँदीको सबैभन्दा ठूलो उपभोक्ता बजार रहेको चीन र भारतमा आन्तरिक कारणले मागमा उल्लेखनीय वृद्धि हुने कुनै लक्षण देखिँदैन ।’
सुनसँग समानान्तर सम्बन्ध रहेको तेलको मूल्यमा गिरावट आउनु र सुनसँग विपरीत सम्बन्ध रहेको डलरको मूल्य कीर्तिमानी बिन्दुमा पुग्दा पनि यसपटक आकस्मिक रुपमा सुनको भाउ आकासिएको छ ।
अमेरिका, युरोजोन लगायत विश्व सेयर बजारमा एक्कासि भारी गिरावट आउँदा सुरक्षित लगानीको लागि सुनको माग बढेर मूल्यवृद्धि भएको हो । आजको नागरिक दैनिकमा खबर छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...