उदयपुर, १ फाल्गुन – गर्न सक्दा के चिज सम्भव छैन् । विदेशका नागरिकले मात्र गर्न सक्छन भन्ने हैन साथसहयोग, वातावरण र उचित सामग्री भए स्वेदशकै बालबालिका र युवाहरुले केहि गर्न सक्छन् । हामीले विश्वमा फलाना व्यक्तिले फलानो चिजको अविश्कार गरे भन्ने सवालहरु सुन्दै आएका छौ । तर नेपालमा त्यस्ता व्यक्ती छन् जसले विश्वलाई नै चकित बनाउने खुबि भएकाछन् ।
जसको उदाहरण काठमाण्डौँ सहरका केहि इन्जिनियरिङ्ग संस्थाका बिद्यार्थी र अन्य सहरका बिद्यार्थीका नामहरु बेलामौकामा मिडियाहरुमा चर्चामा आउने गरेकाछन् । यस्तै नयाँ कुराको आविश्कार एउटा ग्रामिण भेगको सामुदायिक बिद्यालयमा अध्ययन गरेका एक छात्रले भर्खरै आविश्कार गरेर सबैलाई अचम्मित बनाएका छन् ।
उनको त्यो कलाले विद्यालयका शिक्षक, अभिभाव, विद्यार्थी र स्थानीय बालक चकित बनेकाछन् । निर्माण सामग्री हेर्नेको भिड लाग्न थालेको छ । जिल्लाको उत्तरपश्चिम गाबिस रौता–९ स्थित उच्च माध्यमिक विद्यालय मुर्कुचीमा कक्षा १० मा अध्ययनरत १५ बर्षीय हिमालकुमार राना मगरले पानीबाट चल्ने जेसिवी (स्काइभेटर)को आविश्कार गरेपछि यतिबेला मुर्कुची बजारले निकै चर्चा पाएको छ ।
झण्डै चार महिनाको निरन्तर प्रयासपछि बालकले जेसिवी बनाएर प्रयोगमा ल्याएका हुन् । विद्यालयका प्रधानाध्यापक एवंम विज्ञान विषयका शिक्षक खड्गबहादुर थापा मगरका अनुसार बालकले कक्षा १० को विज्ञान पाठ्यक्रको विषय वस्तुअन्तर्गत पास्कलको नियम सिद्धान्त बमोजिम जेसिवी निर्माण गरेका हुन् ।
उनले आफुले पढाएको पास्कलको सिद्धान्तलाई व्यवहारमा उतारेर सबैलाई चकित बताएको बताए । उनको प्रतिभा देख्दा भविश्यमा केहि गर्न सक्ने विश्वास रहेको बताए । प्रयोग भैसकेको सिरिन्च, सलाइन पानीको पाइप, बाँस, काठको टुक्रा र पिनको सहाराले जेसिवी बनाउन सफल भएको हिमालको भनाई छ । थोत्रा कार्टुनलाई टेपले टालेर जेसिवी बनाएको मगरले बताए ।
उनले भने, ‘मैले पास्कलको नियम स्कूलमा पढेर बजारबाट थोत्रा सलाइन पानीको पाइप र मेरो घरमा गाई भैसीलाई प्रयोग गरेर फ्याकेको सिरिन्च प्रयोग गरी स्काईभेटर बनाएको हु ।’ उनले स्काइभेटर बनाउनमा करिव चार÷पाँच महिना लागेको बताए । ‘एक÷दुई पटकको प्रयास असफल भएपनि उत्तिकै मेहनत गरेको थिए,’ हिमालले भने, ‘लामो समयको प्रयासले बनाउन सफल भए, यसले थप उर्जा मिलेको छ ।’ उनले सबैको साथसहयोग मिले अन्य धेरै प्रतिभा देखाउन सक्ने आफुमा विश्वास जागेको बताए ।
प्रअ मगरले हिमालको प्रतिभा र क्षमतालाई उजागर गराउन सहयोगी निकायको खोजी गरिनु पर्ने बताए । उनको सपना एसएलसीमा राम्रो डिभिजनमा पास भै इन्जिनियर बन्ने छ तर घर परिवारको आर्थिकअवस्था नाजुक भएकोले भविष्यमा पढाउन सक्ने वा नसक्ने चिन्ता आमा बुवामा रहेको छ प्रअ मगरले भने । उनका बुवा गमबहादुर राना मगर गाउँ घरमा सामान्य गाई, भैसी तथा खसी बाख्रा विरामी परे उपचार गर्ने गर्दछन् । सामान्य परिवारमा जन्मेका हिमाल अध्ययनमा लगनशिल रहेको शिक्षकहरुको भनाई छ
0 comments
प्रतिक्रिया दिनुहोस्...