-->
Loading...
तीन करोड नेपालीलाई गद्दार भन्ने मौका दिन्न : एसएसपी खरेल

भरतपुर–जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका समादेशक एसएसपी रमेश खरेललाई आज मंगलबार चितवनबाट विदाई गरिएको छ । जिल्लामा रहेका विभिन्न सामाजिक संघसंस्थाहरुले आज एकै स्थानमा एसएसपी खरेललाई विदाई गरेका हुन् । उनी काठमाडौंमा सरुवा भएका छन् ।
शिक्षालयमा सामुदायिक सेवा केन्द्र नारायणगढ र बालबालिकाका लागि प्रहरी नागरिक अभियान (पिटुसिटु) अभियानले आयोजना गरेको कार्यक्रममा एसएसपी खरेललाई विदाई गरिएको हो ।
विदाई कार्यक्रममा बोल्दै एसएसपी खरेलले भने– ‘आफूले समाजका लागि सक्दो राम्रो काम गर्ने र ३ करोड नेपाली जनताले कहिल्यै पनि आफूलाई गद्धारी भन्ने शब्द उच्चारण गर्ने अवस्था ल्याउन नदिने प्रतिबद्धता जनाए ।’ चितवनबाट जहाँ गएपनि चितवनको हरेक क्षेत्रमा सहयोग गर्न तयार रहेको समेत उनले बताए ।
कार्यक्रममा अन्य वक्ताहरुले एसएपसी खरेलले चितवनमा सामाजिक क्षेत्र र शान्ति सुरक्षामा खेलेको भुमिकाको प्रशंसा गर्दै अझै उचाईमा पुग्न शुभकामना समेत दिएका थिए ।
सामुदायिक सेवा केन्द्र नारायणगढकी प्रमुख मिना खरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.