काठमाडौं: १२ औं साग अन्तर्गत गुहावाटीमा भइरहेको सेमिफाइनल खेललाई नेपालले १७ वर्षपछि साग फुटबलको फाइनलमा पुग्न सफल भएको छ ।
दोस्रो हाफदेखि ५५ मिनेटसम्म १० खेलाडीमा सीमित भएर पनि नेपालले ४-३ को नतिजा निकाल्दै भारतविरुद्धको फाइनल भिडन्त पक्का गरेको हो ।
खेलको पहिलो हाफमा गरेको २ गोलको अग्रता दोस्रो हाफमा तोडेको माल्दिभ्सविरुद्ध १० खेलाडीमा सीमित भएर पनि नेपालले सनसनीपूर्ण जित निकाल्न सफल भएको हो ।
माल्दिभ्सले खेललाई दोस्रो हाफमा बराबरीमा ल्याएर पनि थपिएको अतिरिक्त समयमा ३-२ को अग्रता लिन सफल भएको थियो ।
नेपाललाई जित दिलाउने क्रममा जादुयी खेल पस्किरहेका नवयुग श्रेष्ठले ह्याट्रिक गर्न सफल भए ।
उनले खेलको ३६ औं मिनेटमा नेपालका लागि दोस्रो गोल गरेका थिए । यसअघि १५ औं मिनेटमा नेपालका लागि अन्जन विष्टले खाता खोल्न सफल भएका थिए ।
पहिलो हाफको ३६ औं मिनेटमा पहिलो गोल गरेका नवयुगले अतिरिक्त समयको दोस्रो हाफमा सनसनीपूर्ण दुई गोल गर्दै ह्ययाट्रिक पुरा गर्न सफल भए ।
पहिलो हाफमा लिएको २-० को अग्रता दोस्रो हाफमा जोगाउन नसक्दा माल्दिभ्सले बराबरी गरेको थियो । नेपालले दोस्रो हाफको ५२ औैं मिनेटमा गोल खान पुगेको थियो ।
माल्दिभ्सका लागि मोहम्मद हम्जाले गोल गर्दै खेललाई २-१ को अवस्थामा ल्याउन सफल भए । त्यसपछि माल्दिभ्स आक्रमक बन्न पुगेको थियो ।
तर अतिरिक्त समयको १२७ औं मिनेटमा नेपालका लागि नवयुगले गोल गरेपछि नेपालले खेल बराबरीमा ल्याएको थियो ।यसअघि माल्दिभ्सले यसअघि खेलको ११५ औं मिनेटमा ३–२ को अग्रता लिएपछि नेपाली दर्शक स्तब्ध भएका थिए ।
निर्धारित समयमा २–२ गोल भएपछि खेल अतिरिक्त ३० मिनेटमा धकेलिएको थियो । नेपालका कमल श्रेष्ठले ६५ औं मिनेटमा रेडकार्ड पाउँदै १० खेलाडीमा सीमित भएर दबाबमा परेको नेपालविरुद्ध खेलको ८५ औं मिनेटमा माल्दिभ्सले गोल फर्काएको थियो ।
माल्दिभ्सका खेलाडीलाई लडाएपछि रेडकार्ड पाउँदै कमल बाहिरिँदा नेपालले निर्धारित र अतिरक्त समयको ५५ मिनेट १० खेलाडीमा सीमित भएर पनि सनसनीपूर्ण जित निकाल्न सफल भएको हो ।
खेलको १५ औं र ३६ औं मिनेटमा अन्जन विष्ट र नवयुग श्रेष्ठको गोलमा अग्रता लिएको नेपालले ५२ औं मिनेटमा गोल खान पुगेको थियो ।
खेलको १२७ औं मिनेटमा नेपालका लागि नवयुगले नै गोल गर्दै खेललाई ३-३ को बराबरीमा ल्याएका थिए । बराबरीपछि आक्रमक बनेको नेपालका लागि फेरि नवयुग नै गोल गर्न सफल भए ।
नेपाललाई सनसनीपूर्ण जित दिलाउने क्रममा नायक सावित नवयुगले खेलको अतिरिक्त समयको अन्तिम मिनेटमा माल्दिभ्सको डिबक्सभित्र अल्मलिएको बललाई जाली चुमाउँदै नेपाललाई जित दिलाए भने ह्याट्रिक पनि पुरा गरे ।
नेपालले यसअघि बंगबन्धु फुटबलको सेमिफाइनलमै माल्दिभ्सलाई ४-१ गोल अन्तरले पराजित गर्न सफल भएको थियो
0 comments
प्रतिक्रिया दिनुहोस्...