-->
Loading...
फुटबलमा नेपालले जितेपछि सबै खुसी तर, रामकुमारी झाक्री किन आक्रोशित ?

काठमाडौं, ३ फागुन । भारतलाई उसकै घरेलु
मैदानमा हराउँदै २३ वर्षपछि नेपाली फुटबल टिमले
दक्षिण एसियाली खेलकुद (साग)मा उपाधि
जित्दा सबैले खुसी मनाइरहेका छन् ।
रातको जाडो नभनी फुटबलले फ्यानले जितको
खुसीयालीमा विजयी जुलुस निकालेका छन् । तर,
यो भीडमा एमाले नेतृ रामकुमारी झाक्री भने
खुसीमात्रै होइन्, एकदमै आक्रोशित बनेकी छिन् ।
सबैले खुसी मनाइरहेका बेला सामाजिक सञ्जाल
फेसबुकमार्फत आक्रोश पोख्दै उनले नेपाली फुटबल
क्यान्सरको कब्जामा परेको अहिले पुष्टि भएको
बताइन् ।
उनले अखिल नेपाल फुटबल संघ (एन्फा)का
निवर्तमान अध्यक्ष गणेश थापालाई फुटबलको
‘क्यान्सर’ भनेकी छिन् । क्यान्सर काटेर फालेपछि
फुटबल स्वस्थ भएको उनको टिप्पणी छ ।
झाक्रीले २३ वर्षपछि सागको स्वर्ण जित्ने
नेपाली फुटबल टिमलाई बधाई पनि दिएकी छिन् ।
आक्रोश पोख्दै उनले लेखेकी छिन्- ‘गणेश थापा
नेपाली फुटबलका क्यान्सर रहेछन भन्ने प्रमाणित
गर्नपर्ने नै थिएन । आफै प्रमाणित थियो । कलिला
खेलाडीलाई आर्थिक प्रलोभनमा पारेर म्याच
फिक्सिंड जस्तो अपराधमा सामेल गरी उनीहरूको
फुटबल करियर मात्र होईन देशको फुटबल क्षेत्रलाई नै
धरासायी बनाए । यो क्यान्सर काटेर फालेपछि
फुलबल स्वस्थ हुँदैछ । बधाई नेपाली फुटबल टिम !’
एमालेकी युवा नेतृ झाँक्री खरो वक्ता हुन् । उनी
चित्त नबुझेको विषयमा पार्टीभित्रै पनि खरो
रुपमा छलफल र तर्कमा उत्रने गर्छिन् ।
यस्तो छ रामकुमारीको आक्रोशः


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.