-->
Loading...
महिलाले कस्ता पुरुषबाट बढी यौनसुख पाउँछन् ?:: रोचक

आफ्नो सुखद भविष्यका लागि प्रायःजसो महिलाको सपना धनी पुरुषसँग विवाह गर्ने हुन्छ । यो
मान्यता हाल करिब–करिब विश्वभर नै लागू हुन थालेको छ । तर, वैज्ञानिकहरुले भने अर्को नयाँ कुराको खुलासा गरेका
छन् । पुरुष जति धनी हुन्छ उसको यौनसाथीले पनि उत्तिक्कै चरम यौनसुख प्राप्त गर्छ । ‘ महिलाको चरम सुःख उनका
यौनसाथीको आम्दानीमा भर पर्छ,’ युक्यासल युनिभर्सिटीका मनोविज्ञ डा. थोमस पोलेट भन्छन् । धनवान् पुरुषका
कारण महिलामा चरम सुःख हुने प्रक्रियालाई ‘इभोलुसनरी एडप्सन’ बताउँदै विज्ञले सो प्रक्रिया महिलाको जिनमा
विकसित हुने बताएका छन् । ‘
इभोलुसनरी एडप्सन अर्थात् प्रगति ग्रहण प्रक्रियाले महिलालाई उच्च गुणको पुरुष साथी छनोट गर्न अभिप्रेरण दिन्छ,’
अध्ययनका सह–लेखक डेनियल नेटल भन्छन् । सो विश्वास परीक्षण गर्न विश्वकै सबैभन्दा ठूलो जीवनशैली अध्ययनमा संग्रह
गरिएका तथ्यांकलाई विज्ञले प्रयोग गरेका थिए । चाइनिज हेल्थ एन्ड फेमिली लाइफ सर्भेले चीनभरबाट ५ हजार
मानिसको छनोट गरी उनीहरुको व्यक्तिगत जीवनबारेमा विस्तृत अन्तर्वार्ता लिएको थियो । अन्तर्वार्ताका क्रममा
उनीहरुको आम्दानी, यौन जीवन र अन्य विषयलाई पनि समावेश गरिएको थियो । तीमध्ये १५ सय ३४ पुरुष साथी भएका
महिलाको जवाफलाई अध्ययनको प्रमुख आधार बनाइएको थियो
। विश्लेषणबाट १ सय २१ महिलाले यौन सम्पर्क गर्दा सधैं चरम सुःख पाएको बताए भने ४ सय ८ जनाले प्रायः यस्तो सुःख
पाउने बताएका थिए । यसैगरी, बाँकीमध्ये ७ सय ६२ जना महिलाले कहिलेकाँही चरम सुःख पाउने बताएका थिए । त्यस्तै,
छनोटमा रहेका २ सय ४३ ले कहिल्यै पनि नपाएको वा मुिस्कलले कहिलेकाहीं पाएको बताएका थिए । यो तथ्यांक
पश्चिमेली मुलुकको तथ्यांकसँग मेल खाएको अध्ययनमा बताइएको थियो । यौन चरम सुःखमा यस्तो भिन्नता देखिनुमा
विभिन्न तत्व जिम्मेवार रहे पनि डा. पोलेटले पैसा प्रमुख कारक तत्व रहेको बताए । महिलाको चरम सुःख अनुभूति गर्ने
आवृत्तिलाई यौनसाथीको आयले प्रभाव पारेको थियो । धनी यौनसाथीले महिलालाई बढी चरम सुःख दिएका थिए
। भिडियो हेर्न तल क्लिक गर्नुहोस


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.