International hot News
»
एक होटलमा रहस्यमय रुपमा मृत
फेला परेका कनकाई–३ सुरुङ्गाका ४९ वर्षीय
मनोरथ पाठकको ‘घाँटी थिचेर हत्या’ भएको
प्रारम्भिक अनुसन्धानबाट खुलासा भएको छ
।
वैदेशिक रोजगारीबाट केही महिनाअघि
मात्र फर्केका मनोरथ घरका सदस्यलाई
जानकारी नदिइ छिमेकीकै एक महिलासँग
होटलमा
बस्दै आएका थिए ।
उनलाई विर्तामोड बसपार्कको एउटा
कोठामा मृत अवस्थामा गत माघ १६ गते साँझ
६ः५० बजेतिर होटल सञ्चालकले फेला पारेर
प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार मनोरथ पाठकसँग होटलमा
बस्दै आएकी कनकाई–३ सुरुङ्गाकी १९
वर्षीया प्रमिला विकले सामान्य
विवादमा पाठकको ‘घाँटी थिचेको’
प्रारम्भिक बयान दिएकी छन् ।
विवादका क्रममा केहीबेर घाँटी
थिचिसकेपछि मनोरथ चलमलाउन छाडेको र
त्यसपछि डर लागेर आफू होटलको कोठाको
साँचो लगाएर भागेको प्रमिलाले
प्रहरीलाई पहिलो बयानमा बताएकी हुन् ।
घरमा छोराछोरी, पत्नी भएका मनोरथ र
वैदेशिक रोजगारीको सिलसिलामा
विदेशमा पति भएकी प्रमिला एक
महिनादेखि पटक पटक होटलमा सँगै बस्दै
आएका थिए । सानो गाडी किन्ने भनी
केही नगदसमेत लिएर घरबाट हिँडेका मनोरथ र
प्रमिला विर्तामोडको होटलमा आउनुअघि
धरानको अर्को होटलमा निकै दिन सँगै
बसेको पनि प्रहरीले जानकारी दिएको छ ।
(रासस)
एक होटलमा रहस्यमय रुपमा मृत
फेला परेका कनकाई–३ सुरुङ्गाका ४९ वर्षीय
मनोरथ पाठकको ‘घाँटी थिचेर हत्या’ भएको
प्रारम्भिक अनुसन्धानबाट खुलासा भएको छ
।
वैदेशिक रोजगारीबाट केही महिनाअघि
मात्र फर्केका मनोरथ घरका सदस्यलाई
जानकारी नदिइ छिमेकीकै एक महिलासँग
होटलमा
बस्दै आएका थिए ।
उनलाई विर्तामोड बसपार्कको एउटा
कोठामा मृत अवस्थामा गत माघ १६ गते साँझ
६ः५० बजेतिर होटल सञ्चालकले फेला पारेर
प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार मनोरथ पाठकसँग होटलमा
बस्दै आएकी कनकाई–३ सुरुङ्गाकी १९
वर्षीया प्रमिला विकले सामान्य
विवादमा पाठकको ‘घाँटी थिचेको’
प्रारम्भिक बयान दिएकी छन् ।
विवादका क्रममा केहीबेर घाँटी
थिचिसकेपछि मनोरथ चलमलाउन छाडेको र
त्यसपछि डर लागेर आफू होटलको कोठाको
साँचो लगाएर भागेको प्रमिलाले
प्रहरीलाई पहिलो बयानमा बताएकी हुन् ।
घरमा छोराछोरी, पत्नी भएका मनोरथ र
वैदेशिक रोजगारीको सिलसिलामा
विदेशमा पति भएकी प्रमिला एक
महिनादेखि पटक पटक होटलमा सँगै बस्दै
आएका थिए । सानो गाडी किन्ने भनी
केही नगदसमेत लिएर घरबाट हिँडेका मनोरथ र
प्रमिला विर्तामोडको होटलमा आउनुअघि
धरानको अर्को होटलमा निकै दिन सँगै
बसेको पनि प्रहरीले जानकारी दिएको छ ।
(रासस)
झापा, फागुन ४ । विर्तामोडस्थित नयाँ
बसपार्कको एक होटलमा रहस्यमय रुपमा मृत
फेला परेका कनकाई–३ सुरुङ्गाका ४९ वर्षीय
मनोरथ पाठकको ‘घाँटी थिचेर हत्या’ भएको
प्रारम्भिक अनुसन्धानबाट खुलासा भएको छ
।
वैदेशिक रोजगारीबाट केही महिनाअघि
मात्र फर्केका मनोरथ घरका सदस्यलाई
जानकारी नदिइ छिमेकीकै एक महिलासँग
होटलमा
बस्दै आएका थिए ।
उनलाई विर्तामोड बसपार्कको एउटा
कोठामा मृत अवस्थामा गत माघ १६ गते साँझ
६ः५० बजेतिर होटल सञ्चालकले फेला पारेर
प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार मनोरथ पाठकसँग होटलमा
बस्दै आएकी कनकाई–३ सुरुङ्गाकी १९
वर्षीया प्रमिला विकले सामान्य
विवादमा पाठकको ‘घाँटी थिचेको’
प्रारम्भिक बयान दिएकी छन् ।
विवादका क्रममा केहीबेर घाँटी
थिचिसकेपछि मनोरथ चलमलाउन छाडेको र
त्यसपछि डर लागेर आफू होटलको कोठाको
साँचो लगाएर भागेको प्रमिलाले
प्रहरीलाई पहिलो बयानमा बताएकी हुन् ।
घरमा छोराछोरी, पत्नी भएका मनोरथ र
वैदेशिक रोजगारीको सिलसिलामा
विदेशमा पति भएकी प्रमिला एक
महिनादेखि पटक पटक होटलमा सँगै बस्दै
आएका थिए । सानो गाडी किन्ने भनी
केही नगदसमेत लिएर घरबाट हिँडेका मनोरथ र
प्रमिला विर्तामोडको होटलमा आउनुअघि
धरानको अर्को होटलमा निकै दिन सँगै
बसेको पनि प्रहरीले जानकारी दिएको छ ।
(रासस)
0 comments
प्रतिक्रिया दिनुहोस्...