नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले त्रिभुवन विमानस्थलको भन्सारमा छापा मारेको छ। सिआइबीको टोलीले अहिले सो स्थानमा छापा मारिरहेको छ।
भन्सार कार्यालयमा र गोदाममा केही शंकास्पद गतिविधि भइरहेको सूचनामा आधारमा सिआइबीले छापा मारेको डिआइजी नवराज सिलवालले जानकारी दिए।
विमानस्थलमा कार्यालयले बढी मुल्यका सामान कम मूल्यमा रुपान्तरमा गर्ने, बढी मूल्यका सामानलाई कम मूल्य कर लिने, सामानहरुको जाँच पास नगर्ने, नाप्नु पर्ने सामान जस्तै टिभीको लम्बाइ चौडाइ बढीका लाई मिलेमतोमा कम गर्ने र विदेशबाट सामान मगाउने व्यापारीहरुसँग भन्सार कार्यालयका कर्मचारीहरुले मोटो रकम लिने गरेको सूचनाका आधारमा सिआइबीले छापा मारेको स्रोतले बतायो ।
सिआइबीले भन्सार कार्यालयको गोदाममा रहेका सामानहरुका बारेमा पनि जानकारी लिएको छ । विमानस्थलको भन्सार कार्यालयमा बेतिथी रहेको र अहिलेसम्म कसैको नजर पर्न नसकेको स्थानमा सिआइबीले छापा मारेको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...