फागुन २०
काठमाडौं–नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आइतबार हुने निर्वाचनमा सभापति पदका प्रत्याशी वरिष्ठ नेता शेरबहादुर देउवा अग्रस्थानमा रहेको नागरिक सर्वेक्षणले औंल्याएको छ। अर्का प्रत्याशी रामचन्द्र पौडेल दोस्रो र महामन्त्री कृष्णप्रसाद सिटौला ठूलो मतान्तरले तेस्रो स्थानमा देखिन्छन्। निर्णायक शक्ति भने दुवै प्यानलसँग छैन, प्यानलबाहिर रहेको २५ प्रतिशत मतदाताबाटै सभापति कसले जित्छ भन्ने निक्र्यौल हुने सर्वेक्षणको नतिजा छ।
अनुसन्धानात्मक विभाग ‘रिसर्च ब्युरोु (एनआरबी) ले मुलुकभरका ८ सय ६५ महाधिवेशन प्रतिनिधिबीच गरेको सर्वेक्षणमा देउवालाई भोट हाल्छु भन्नेहरू ३९ प्रतिशत छन् । सभापतिमा पौडेललाई रोज्नेहरू २६ प्रतिशत र सिटौलालाई चाहनेहरू ६ प्रतिशत देखिन्छन् ।’
सर्वेक्षणमा भाग लिनेमध्ये एकचौथाइ अर्थात् २५ प्रतिशतले सभापतिमा भोट कसलाई हाल्ने भन्दा ‘भन्न चाहन्न’ भन्ने जवाफ दिए । सभापति प्रत्याशीमा नाम चलाएका महामन्त्री प्रकाशमान सिंहलाई भोट हाल्न चाहनेहरु १ प्रतिशत, नेत्री सुजाता कोइरालालाई जिताउँछु भन्नेहरू १ प्रतिशत र अन्य कसैलाई मत हाल्छु भन्नेहरू २ प्रतिशत संख्यामा देखिए ।
एनआरबीले नेपाली कांग्रेसको भावी सभापतिको हुने रु कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा वा महामन्त्री कृष्ण सिटौला वा अरू कोही रु भन्ने मूल प्रश्न राखेर फागुन दोस्रो सातादेखि फागुन १८ गतेसम्म सर्वेक्षण गरेको थियो ।

0 comments
प्रतिक्रिया दिनुहोस्...