-->
Loading...
श्रीमतीले श्रीमानलाई धोका दिने ६ कारण यस्ता छन्- जानी राखौ !!!

सामान्यतः धोका दिने कुरा हुने बित्तिकै पुरुषलाई जोडेर हेर्ने गरिन्छ । तर, श्रीमानले मात्रै श्रीमतीलाई धोका दिन्छन् भन्ने छैन । कयौ यस्ता घटना देखिएका छन् जहाँ श्रीमतीले पनि श्रीमानलाई धोका दिने गरेका छन् ।
मैरिटल एण्ड फ्यामिली थेरापीले सन् २०१२ मा गराएको एउटा सर्वेक्षणका अनुसार २२ प्रतिशत विवाहित पुरुषले आफ्नी श्रीमतीलाई धोका दिएका थिए भने १४ प्रतिशत पुरुष यस्ता थिए जसले श्रीमतीबाट धोका पाएका थिए ।
सर्वेका अनुसार जहाा पुरुषहरुले श्रीमतीलाई धोका दिनुको मुख्य कारण शारीरिक थियो भने महिलाले भावनात्मक कारण देखिएको थियो । महिलालाई जब कुनै भावनात्मक सहयोग प्राप्त हुँदैन तब उनीहरु आफ्नो पार्टनरबाट टाढिएर अरु कसैसँग जोडिने गर्दछन् । यसका साथै अरु पनि कारण छन् जसका कारण महिलाहरु आफ्नो श्रीमानलाई धोका दिने विषयमा सोच्दछन् र धोका दिन्छन् पनि ।
१. जब महिलाले आफ्नो श्रीमान वा ब्वाईफ्रेण्डबाट महत्व र आफ्नोपन पाउँदैनन्, जसको उनीहरु अपेक्षा गर्दछन् तब उनीरुको मनमा अन्य पुरुषको ख्याल आउने गर्दछ । यही ख्यालले नै उनीहरुलाई आफ्नो श्रीमानलाई धोका दिनका लागि प्रेरित गर्दछ ।
२. कतिपय अवस्थामा महिलाहरु बदला लिनका लागि पनि आफ्नो श्रीमानलाई धोका दिने गर्दछन् । यदि उनीहरुले आफ्नो प्रेमी वा श्रीमानबाट धोका पाएको अवस्थामा उनीहरु त्यसको प्रतिशोध लिनका लागि उनीहरुलाई पनि धोका दिने गर्दछन्।
३. कतिपय अवस्थामा शारीयिरक सम्बन्धमा असन्तुष्ट भएका कारण पनि महिलाहरुको मनमा आफ्नो श्रीमानलाई धोका दिने कुरा उत्पन्न हुने गर्दछ ।
४. कतिपय अवस्थामा महिलाहरुले आफ्नो पुरुष पार्टनरबाट शारीरिक बनावटका विषयमा टिकाटिप्पणी सुन्नुपर्ने हुन्छ । जस्तो कि तिम्रो फिगर उसको जस्तो छैन, तिम्रो रंग दविएको छ आदिआदि । यस्ता कुराले महिलाहरुलाई मन पर्दैन । र, उनीहरु स्वयमलाई सावित गर्नका लागि अन्य पुरुषतर्फ सल्कने गर्दछन् ।
५. जब कुनै महिला कुनै पुरुषमाथि निर्भर हुन्छन् तब उनीहरुका लागि आफ्नो पार्टनरका साथ रहनु बाध्यता बन्छ । अधिकांश महिला जो महिला आत्मनिर्भर हुन्छन् उनीहरु आफ्नो स्वाभिमानलाई सबैभन्दा माथि राख्दछन । जब उनीहरुको स्वाभिमान खतरामा परेको आशंका गर्दछन् तब उनीहरु आफ्नो पार्टनरलाई छोड्न समय लगाउँदैनन् ।
६. केही महिला यसकारण पनि आफ्नो भएको श्रीमान छोडेर अघि बढ्छन्, किनभने उक्त व्यक्तिबाट उनीहरु बोर भइसकेका हुन्छन् । यो पनि सत्य हो कि जीवनमा केही नयाँ प्रयोग गर्ने उद्देश्यले पनि महिलाहरु आफ्नो श्रीमानलाई धोका दिन तयार हुन्छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.