-->
Loading...
परदेशी भूमिबाट शरिन ख्युङ्वाको रास्ट्रपति पछि दोस्रो चुनौती प्रधानसेनापतिलाई!!!

बस्दैन भन्ने …म भन्छु राजेन्द्र छेत्रीलाई यो देश कुनै एकल जाति,धर्म मान्नेको मात्र पेवा होइन हो त बहुजाति फूलहरुले सजिएको सुन्दर बगैचा हो जसलाई बहुजातिय नेपालीहरुको मातृभुमि राष्ट्र नेपाल भन्ने कुरा थाहा भएर हो या नभएर हो नेताको लोली र बोलीमा निकै हुङ्कार भरेको पाइयो ।
यदि हामी बहुजातीय नेपाली जनताहरुले आफ्नो समानुपातिक हक अधिकार आफ्नै देशमा माग्दा देश टुक्रिएको देख्छौ भने अजिङ्गर रुपि छिमेकी भारतियहरुको गुलामी हुनु भन्दा आफ्नो पहिचान सहितको सङ्घिय राज्य मातृभुमी नेपालको रक्षार्थ यो गतिविधि गर्न हामी बारम्बार तयार हुनेछौ ,गर्नेछौ । आफ्नो भुमिको खातिर प्राण बलिदान दिन्छौं तर झुक्ने छैनौ । तिमीहरुको छेपारो र स्याल रुपि रङ्गिन भुकाइहरुमा ..सक्छौ भने ताकी-ताकी हान गोलि छाती र निधार थापी मर्न हामी तयार छौ ।
अहिलेसम्म गर्न सकेको भनेकै नै यहि हो नेताको बोलीमा लोली मिलाएर आफ्नै जनता मार्दै वीर सेना कहलिएर बसेका सेनाहरु भारतले दिउसै नेपाल भुमी मिच्दा र नेपाल आमाको सन्तानहरुको छातीमा कालो बुट बजारेर बलात्कार गर्दा तिम्रो यो हुङ्कार यो कहाँ गएको थियो ?? .. आखिर आफ्नै निर्दोष जनताहरुलाई मारेर रगत पिउदा नै महान बन्ने रहेछ देशका रक्षकहरु भन्ने कुरालाई हामी सर्ब साधारणहरुले नबुझेको होइन ?
वहॉंले राष्ट्रियताको कुरा गर्दा लाज मलाई लागेर आयो.. देश को सीमा, नदि-नाला बेचेर भारतीय रुपैंया भित्राउने रास्ट्र सेवक भए नजरमा तर यी दलालहरुको हातबाट देश बचाएर बिकास र परिवर्तन गरौ भन्दा देश टुक्राको देख्ने राजेन्द्र आज यो परदेश भुमिमा खुन पसिना बगाएर श्रम गरि खाने बहुजाती नेपालीहरुको समानुपातिक हक अधिकारको आवाज सन्जाल मार्फत दिदै आएकी पहिचानबादी अभियन्ता महिला हिंसा सहित समाजमा भएको हुने गरेको हरेक बिकृती बिसङ्गतिहरुको खुलेर बिरोध गर्ने नेपाल आमाको छोरी आदिवासी ,मुलबासी तामाङ को भुमी पुत्री शरिन ख्युङ्वा को चुनौती छ राजेन्द्रलाई ।
सक्छौ भने नेपाली जनताहरुले दिएको दानापानी त्यागेर आफ्नो पसिना सहितको बलबुत्तोमा उभिएर त्यो बर्दी फ्याकी आउ राजनीति मैदानमा हेरौ तिमी भित्रको रास्ट्रियतालाई पनि ,यदि तिम्रो राष्ट्र प्रेममा एक सच्चा जननेतामा हुने नेतृत्वदायी क्षमता देख्यौ हामीले र बहुजातीय नेपालीहरुको मर्म र भावनाहरुलाई आत्मसात गरेर नेतृत्व गर्छौ भने साथ हामी दिनेछौ होइन भने सेनाको मान मर्यादा लाई ख्याल राखे.. अबको हामी बहुजाती नेपाली जनताहरु भेडा होइनौ अरुको इशारामा नाचेर बस्ने कठपुतली नसम्झे हुन्छ हामीलाई ।
जय पहिचान जय सङ्घिय राज्य नेपाल
हाल: इजरायल


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.