-->
Loading...
विधवासङ्ग रात बिताउदा प्रहरी फन्दामा .........!!

एजेन्सी । यूपीको आगरास्थित मण्डी इलाकामा मुवीनुद्दीन नामका एक युवकले ‘विधवा’सँग रात विताउँदा हंगामा मच्चिएको छ ।
उनले जगदीशपुरा क्षेत्रकी अलग धर्मकी एक विधवा महिलासँग धर्म ढाटेर यौनसम्बन्ध राखेका हुन् । मुवीनुद्दिन मुस्लिम समुदायका युवक हुन् । उनले आफ्नो धर्म लुकाएर आफ्नो मोनू बताएका थिए ।
उनी विवाहित पुरुष थिए । तर, आफू अविवाहित हुँ सम्म भनेका थिए । यी कुराको पोख खुलेपछि जगदीशपुरामा हंगामा मच्चिएको हो । महिलाहरुले उनलाई राति नै समातेर बीच सडकमा चप्पल बर्साएर धुलाई गरेका छन् । यसको लगत्तै प्रहरीको जिम्मा लगाएका छन् ।
समाचार अनुसार घटना थाहा पाएपछि जगदीशपुराका बीजेपी र बजरंगदलका कार्यकर्ताले लव जेहादसँग जोडेर जगदीश पुरा प्रहरी थानाअगाडि नाराबाजी गरेका छन् । प्रहरीले कारवाहीको आश्वासन दिएर स्थितीलाई साम्य पारेको छ ।
कसरी भयो घटना ?
जगदीशपुरा क्षेत्र निवासी सञ्जना (नाम परिवर्तन)का श्रीमानको केही वर्षअघि मृत्यु भइसकेको छ । उनका दुई छोरी छन् । संजना सेप्टेम्बर २०१४ मा शाहगंजस्थित एक अस्पतालमा रिसेप्शनिस्ट पदमा काम गर्थिन् । अस्पतालका कम्पाउण्डर मुवीनुद्दीनसँग उनको हिमचिम बढ्यो । मुबीनुद्दीनले आफ्नो गलत परिचय बताएर आफ्नो नाम मोनू बनाए । त्यसपछि संजना उनको प्रेममा परिन र सबै कुरा उनलाई सुम्पिइन् । मुवीनुद्दीनले उनलाई छिट्टै विहे गर्ने सम्म आश्वासन दिएका थिए । तर, त्यो रात मुवीनुद्दीनको असली रुपको पर्दाफास भएपछि यस्तो घटना हुन पुग्यो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.