एजेन्सी, २ श्रावण । बलिउडका कयौं हस्तीहरु कलाकारितासँगै खेती पेशामा पनि संलग्न छन् भन्ने सुन्दा तपाईलाई अनौठो लाग्न सक्छ । भारतीय समाचार संस्थाहरुका अनुसार महानायक अमिताभ बच्चनदेखि सुपरस्टार अजेय देवगनसम्म खेती पेशामा कुनै न कुनै ढंगले संलग्न छन् ।
ती अभिनेताहरु खाली समय अथवा छुट्टीको समय बिताउन खेतमा जान्छन् र काम गर्न थाल्छन् ।
ट्याक्टरले जोत्छन् अमिताभ
बलिउडका महानायक अमिताभ बच्चन छुट्टीको समय खेतमा गएर ट्याक्टर जोत्छन् । उनले ६ वर्ष पहिले खेतमा गएर ट्याक्टरले जोतेको विषय निकै चर्चामा आएको थियो । उनले २०१० मा करिव १४ विगाह जमिन खेती गर्नकै लागि किनेका छन् ।
फार्महाउसमा जान्छन् अजय र काजोल
अभिनेता अजय देवगन र अभिनेत्री काजोल दुबै जना छुट्टीको समय राजगढस्थित फार्महाउस जान्छन् । उनीहरुले त्यहाँ २८ एकड जमिनमा फार्महाउस सञ्चालन गरेका छन् । छुट्टीको समय त्यहाँ गएर दुबै जना काम गर्छन् ।
फार्महाउसमा गएर काम गर्छन् पाटेकर
लोकप्रिय अभिनेता नाना पाटेकरले पनि जग्गा किनेर फार्महाउस सञ्चालन गरेका छन् । उनले भारतको पुणेमा किसानहरुका लागि लक्षित गरि फार्म हाउस सञ्चालन गरेका छन् । उनी आफूपनि किसान पृष्ठभूमिका भएका कारण उनले फार्म हाउस खोलेका हुन् । उनी पनि छुट्टीको बेला त्यही फार्म हाउसमा गएर किसानहरुसँग मिलेर काम गर्छन् ।
धर्मेन्दको पनि फार्म हाउस
कुनै बेलाका चर्चित अभिनेता धर्मेन्द्रको पनि पञ्जावमा फार्महाउस छ । उनी त्यही फार्महाउसमा काम काम गर्छन् । पछिल्लो समय उनले त्यही जमिनमा ब्यापारिक प्रयोजनकालागि कटेज समेत बनाएका छन् ।
गोविन्दाको ३० बिगाह जमिन
अभिनेता गोविन्दाले खेती गर्नकै लागि ३० विगाह जमिन लखनउमा किनेका छन् । उनी कयौं वर्षदेखि उक्त जमिनमा खेतीका लागि जुटिरहेका छन् । तर पछिल्लो समय उनले एक व्यक्तिलाई कन्ट्राक्टमा दिएको भारतीय समाचार संस्थाहरुले जनाएका छन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...