-->
Loading...
विन लादेनको हत्याको बलदा लिने चेतावनी


आइतबार, ०२ साउन २०७३, १३ : २२ | एजेन्सी
दुवई– विश्वमा नै आतंक फेैलाएका अल कायदाका प्रमुख ओसामा विन लादेनलाई अमेरिकाले मारेको पाँच वर्ष भयो। तर अलकायदा प्रमुख तथा विन लादेनका छोरा हमजा बिन लादेनले हालै अमेरिकालाई आफ्नो पिताको हत्याको बदला लिने चेतावनी दिएका छन्।
हमजाले वि आर अल ओसामा नामको एक अडियो टेपमार्फत अमेरिकासँग बदला लिने चेतावनी दिएका हुन्। २१ मिनेट लामो उक्त टेपमा उनले अमेरिकाले अफगानिस्तान, यमन सिरिया, इराक तथा सोमालिया जस्ता मुस्लिम बाहुल्य रहेका राष्ट्रहरुमा दमनकारी नीति लिएको भन्दै अमेरिका भित्र र अन्य देशमा उसलाई निशाना बनाउने चेतावनी दिइएको हो।
साथै उक्त अडियोमा उनले शेख ओसामाको युद्ध कुनेै एक राष्ट्र विरुद्ध नभई इस्लाम धर्मका विरोधिहरुकालागि भएको बताएका छन्। अलकाउदाका सर्वोच्च कमाण्डर आसामा बिन लादेनको अमेरिकाले सन् २०११ पाकिस्तानको एबटाबादस्थित एक घरमा लुकिरहेको अवस्थामा हत्या गरेको थियो।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.