-->
Loading...
गच्छदारले भित्र्याए कार्की थरकी बुहारी, जो अमेरिकी विश्वविद्यालयमा काम गर्छिन्

काठमाडौं—बाहिर सत्ता सरगर्मी चलिरहेका बेला उपप्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्री विजय गच्छदारले सुटुक्क आफ्ना कान्छा छोरा सुभाष गच्छदारको विवाह गरेका छन् । उनले २९ असारमा आफ्ना कान्छा छोरा सुभाषको विवाह एक अमेरिकी विश्वविद्यालयमा अध्यापन सहायकका रुपमा काम गर्ने सृष्टि कार्कीसँग गरेका हुन् ।
पुख्र्यौली घर जनकपुर भएपनि सृष्टिका हजुरबुवा पूर्व न्यायाधीस हुन् । उनको परिवार अहिले काठमाडौंमा बस्दैं आएको छ । उनीहरुको विवाह राजधानीको एक पार्टी प्यालेस भएको थियो भने विवाह पार्टी भने आर्मी अफिसर्स क्लबमा दिइएको थियो ।
पारिवारिक स्रोतकाअुनसार सुभाष र सृष्टिको प्रेम सम्बन्धलाई परिवारकै सहमतिमा विवाह सम्बन्धमा परिणत गरिएको हो । रमाइलो त के भने कुनै समय श्रृष्टिले सुभाषकै कम्पनी विराट इन्फास्ट्रक्चर डेभलमेण्टमा इकोनोमिक्स एनालाइसिष्टका रुपमा काम गरेकी थिइन ।
सुभाषले त्रिभुवन विश्वविद्यालयबाट पोलिटिकल साइन्समा माष्टर्स गरेका छन् भने युनिभर्सिटी अफ ओक्लाहोमाबाट इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्समा बिई गरेका छन् । उनी अहिले विराट ग्रुप नामक कम्पनीका संस्थापक र प्रबन्ध निर्देशक रहेका छन् ।
सृष्टि बुढानिकण्ठ स्कुलकी उत्पादन हुन् । नर्थ क्लोरिनाको सलेम कलेज सृष्टिले इकोनोमिक्समा ब्याचलर्स गरेकी हुन् । उनले अमेरिकाकै टफ्स युनिभर्सिटीबाट इकोनोमेटिक्स र क्वाटेटिभ इकोनोमिक्समा माष्टर्स गरेकी छिन् ।
उनी २ वर्षदेखि टफ्स युनिभर्सिटी मै टिचिङ एसिस्टेन्सका रुपमा कार्यरत छिन् । यसअघि उनले सन् २०११ मा एक वर्ष विराट इन्फास्ट्रक्चर डेभलमेण्टमा इकोनोमिक्स एनालाइसिष्टका रुपमा काम गरेकी थिइन ।
सन् २०१२ मा उनले ट्रान्परेन्सी इन्टरनेशनल भारतमा एक्सचेन्ज फेलो—कोअपरेट गर्भर्नेन्सका रुपमा काम गरिन् । सृष्टि त्यसपछि ट्रान्परेन्सी इन्टरनेशनल नेपालमा सन् २०१२ देखि सन् २०१४ सम्म प्रोग्राम अफिसरका रुपमा कार्यरत रहेकी थिइन ।
गच्छदारले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ छाड्ने चर्चाकाबीच १ साउनमा आर्मी अफिसर्स क्लबमा दिइएको सुभाषको विवाह पार्टीमा भने प्रधानमन्त्री ओली पनि सहभागी हुन पुगेका थिए । विवाहमा पुगेर ओलीले दुलाह दुलहीलाई शुभकामना पनि दिए । ओलीसँगै गच्छदारले छोराको विवाह पार्टीमा आफन्त र राजनीतिक नेताहरुलाई निम्त्याइएको थिए ।
पहाड र मधेशका नाममा पछिल्लो समयमा विभाजन भइरहेकाले बेला यस्ता विवाहरुले समाजमा सामाजिक सद्भाव कायम गर्न बल पु¥याउनुका साथै समाजलाई जोड्न सकारात्मक सन्देश प्रभाह गर्ने देखिन्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.