-->
Loading...
पेट्रोलियम पाइपलाइन बनाउन ४ हजार घर भत्काउनुपर्ने


काठमाडौं – रक्सौल अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणका लागि ४ हजार घर भत्काउनुपर्ने भएको छ ।

नेपाल आयल निगमले गरेको रक्सौल अमलेखगञ्ज पाइपलाइन विस्तृत इन्जिनियरिङ सर्भेमा यस्तो अवस्था देखिएको छ ।

निगमका प्रवक्ता भानु खनालले प्राविधिक अध्ययनबाट अमलेखगञ्ज पाइपलाइन र वीरगञ्ज पथलैया सडक विस्तारका लागि ४ हजार घर तथा झुपडी भत्काउनुपर्ने देखिएको बताए ।

सडक विभागले वीरगञ्ज पथलैया सडक दुई लेनबाट ६ लेनको बनाउने योजना अगाडि बढाएको छ। सडक विस्तार योजना अगाडि नबढे पाइपलाइन निर्माण हुन नसम्ने निगमले जनाएको छ ।

‘वीरगन्जदेखि अमलेखगन्जसम्म मुख्य सडकको किनारै किनारमा पेट्रोलियम पदार्थको पाइपलाइन बिछ्याउँछौ,’ उनले भने, ‘पाइपलाइनका लागि छुट्टै जग्गा भने चाहिँदैन । सडक विस्तारको जग्गा प्रयोग हुन्छ ।’

वीरगञ्ज अमलेखगञ्जभित्र साना ठूला गरी झन्डै १३ हजार रुख काट्नुपर्ने देखिएको छ । सडक विभागलाई रूख काट्न र घरहरू छिटो भत्काउन निर्देशन दिइसकेको छ । आजको कारोबार दैनिकमा खबर छ ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.