काठमाडौं, ३१ भदौ — सय वर्ष कटिसकेको एक वृद्ध कछुवा आफ्नो प्रजाति बचाउने अभियानमा दत्तचित्त भएर लागेको पाइएको छ । पैंतीस इन्च लम्बाई र ८२ किलो वजन भएको यो विशाल कछुवाको नाम डिएगो हो ।
चेलोनोइडिस हूडेन्सिस प्रजातिका ८०० कछुवाहरूको पिता हो डिएगो । यो प्रजातिका कछुवा दक्षिण अमेरिकाको गालापागोस द्वीपमा पाइन्छन् ।
लगभग ६ वर्षअघि वैज्ञानिकहरूलाई यो कछुवाको उपलब्धिका बारेमा जानकारी प्राप्त भएको थियो । जेनेटिक अनुसन्धानपछि पो इस्पानोला क्षेत्रका ४० प्रतिशत कछुवाको पिता यो कछुवा भएको पत्ता लाग्यो ।
यो कछुवा कहाँबाट आइपुग्यो भन्ने वैज्ञानिकहरूलाई थाहा छैन तर सन् १९०० र १९५९ को बीचमा इस्पानोलाबाट अमेरिकाको क्यालिफोर्नियास्थित चिडियाखानामा डिएगोलाई ल्याइएको थियो । १९७६ मा फेरि उसलाई गालापागोस लगियो र प्रजनन केन्द्रमा राखियो । डिएगो प्रजनन कार्यमा यस्तोसँग लाग्यो कि अहिलेसम्म पनि यो सिलसिला जारी छ ।
डिएगो भेटिएको ५० वर्षअघि यो प्रजातिमा जम्मा १२ पोथी र दुई भाले कछुवा थिए । यत्तिका वर्षपछि भने यिनको संख्या बढेर लगभग दुई हजार पुगेको छ । यसमा डिएगोको महत्पूर्ण योगदान छ ।स्रोत: लोकान्तर

0 comments
प्रतिक्रिया दिनुहोस्...