काठमाडौं, असोज ३ – सुनसरी महेन्द्रनगरका नेपाल केबिरथलई छरछिमेकले खासै मन पाउँदनथे, दिउँसै रक्सी खाने उनको स्वभाष्को कारण ।
तिनै केबिरथ यतिबेला गाउँलेको प्रिय बनेका छन् ।
केबिरथ मात्र होइन, महेन्द्रनगर गाविस ठाकुरबारीका अमृत खड्का, रामचन्द्र मोची, रोजन राई र बाबुराम चन्द्रवर्शीले गाउँमा बहादुर युवाको परिचय बनाएका छन्, शनिबारदेखि ।
सप्तकोशीमा शनिबार डुंगा दुर्घटनामा परेका २९ जनालाई एकैसाथ सकुशल उद्दार गरी यी ाँच युवाले सबैको वाहवाही बटुले ।
मृत्युको मुखमा पुगेका २९ जनालाई उद्दार गरी बचाएपछि केबिरथलाई गाउँलेले ‘नेपाल भाई’ भनेका बोलाउन थालेका छन् ।
‘दिउँसै रक्सी खाँदा गाली गथ्र्यौं,’ इन्द्र राईले भने, ‘शनिबार उनल साहसिक काम गरेर गाउँको इज्जत राखे ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...