काठमाडौं,३१ भदौ । सभामुख ओनसरी घर्तीमगर साताव्यापी भ्रमणका लागि आगामी आइतबार चीन जाने भएकी छन्। चिनीयाँ कम्युनिष्ट पार्टीको प्रचार विभागले आयोजना गरेको सिल्करोड सम्बन्धी कार्यक्रममा भाग लिन भन्दै घर्ती चीन जाने भएकी हुन्।
चीनको दुनह्वाङ सहरमा हुने ‘एक्सन प्लान अफ द २०१६ सिल्करोड इन्टरनेशनल कल्चरल एक्स्पो’ मा भाग लिन सभामुख घर्तीसँगै, माओवादी केन्द्रका नेता वर्षमान पुन, संसद सचिवालयका महासचिव मनोहर भट्टराई लगायत ८ जना चीन जान लागेको सभामुखका प्रेस सल्लाहाकार बबिन शर्माले बताए। चीनमा रहँदा घर्तीले चिनीयाँ कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्यसँग भेट्ने कार्यक्रमसमेत छ। संविधान दिवशको विशेष कार्यक्रममा सहभागी भएर घर्ती आइतबार राति चीन प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।
असोज ८ गते शनिबार घर्ती नेपाल फर्कने कार्यक्रम छ। सभामुखको चीन भ्रमणका कारण संसदको बैठक असोज ९ गते सम्मका लागि स्थगित गरिएको छ।

0 comments
प्रतिक्रिया दिनुहोस्...