काठमाडौं, ३ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको युवा संगठनले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा मागेको छ । युवासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दे युवा संघले भारत भ्रमणका क्रममा परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त विपरित सम्झौता गरेको आरोप लगाउँदै प्रधानमन्त्रीको राजीनामा माग गरेको हो ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष राजिव पहारीले प्रधानमन्त्रीले नेपालको आन्तरिक मामिलाका विषय समावेश गरेर भारतसँग सम्झौता गरेको आरोप लगाए ।
नेपालको विदेश मामिला सम्बन्धी दृष्टिकोणमा भारतलाई जर्बजस्ती हावी गराएको, सुगौली सन्धि लगायतका असमान सन्धिका विषयमा कुरा नउठाएको उहाको भनाई छ । युवा संघले हुलाकी मार्ग लगायतका विकास निर्माणका महत्वपूर्ण परियोजनामा प्रचण्ड नेतृत्वको सरकार भारतसँग झुकेका आरोप लगाएको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...