-->
Loading...
रियल मड्रिडले गर्‍यो बार्सिलोनाको कीर्तिमानमा बराबरी, रोनाल्डोलाई फ्लु


असोज ३ – रियल मड्रिडले स्पेनिस ला लिगामा विजयी यात्रा कायम राखेको छ । ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले स्पानियोललाई २–० ले हरायो । 
रियल मड्रिडको जितमा जेम्स रोड्रिग्वेज र करिम बेन्जिमाले एक एक गोल गरे । पहिलो हाफको अन्तिम समयमा गोल गर्दै रोड्रिग्वेजले रियललाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफमाा १–० ले अघि रहेको रियलका लागि ७१ औं मिनेटमा बेन्जिमाले गोल गर्दै २–० को जित दिलाएका हुन् । 
क्रिष्टियानो रोनाल्डो र ग्यारेथ बेल बिना स्पानिययोलको मैदानमा खेल्न पुगेको रियलले सहज जित निकालेको हो । जितपछि शीर्ष स्थानमा उक्लिएको रियलको चार खेलबाट १२ अंक भएको छ । रियल बार्सिलोना र लास पालमस भन्दा तीन अंकले अघि छ । 

बार्सिलोनाको कीर्तिमानसँग बराबरी 

रियल मड्रिडले ला लिगमा लगातारको जितमा बार्सिलोनासँग बराबरी गरेको छ । स्पानियोललाई हराएसँगै ला लिगामा रियल मड्रिड लगातार १६ खेलमा विजयी भएको छ । 
गएको सिजनका पछिल्ला १२ खेलमा विजयी रहेको रियल यो सिजनका चार खेलमा पनि विजयी हुँदै बार्सिलोनाको कीर्तिमानसँग बराबरी गरेको हो । 
बार्सिलोनाले सन् २०१०–११ को सिजनमा पेप गार्डिवलाको प्रशिक्षणमा बार्सिलोनाले लगातार १६ जित दर्ता गरेर कीर्तिमान बनाएको थियो ।
 

रोनाल्डोलाई फ्लु

स्पानियोलसँगको खेलमा रियल मड्रिड रोनाल्डो र बेल बिना नै मैदान उत्रिएको थियो । बेल च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत स्पोर्टिङ लिस्बोनसँगको खेलको क्रममा चोटग्रस्त भएका थिए । 
हिपको समस्याका कारण उनी स्पानियोलसँगको खेलमा मैदान बाहिर रहे । यस्तै युरो कप फाइनलको क्रममा घुँडामा लागेको चोट निको भएर मैदान फर्किएका रोनाल्डो भने फ्लुले ग्रस्त भएका छन् । फ्लुकै कारण उनी स्पानियोलसँगको खेलमा मैदान बाहिर रहे । 
राति भएका अरु खेलमा एथ्लेटिको बिल्बाओलो भ्यालेन्सिया तथा भिल्लारियलले रियल सोसिडाडलाई समान २–१ ले हरायो । त्यसअघि भएको खेलमा सेल्टा डी भिगोले ओसासुनासँग गोलरहित बराबरी खेल्यो ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.