-->
Loading...
मधेशमै संविधान दिवस भव्यताका साथ मनाईयो !

बर्दिबास –नेपालको गणतान्त्रिक संविधान २०७२ घोषणा भएको एक वर्ष पुरा भएको अवसरमा महोत्तरीको बर्दिबासमा संविधान दिवस हर्षोउल्लासका साथ भव्यताका साथ मनाइएको छ ।


मधेसका विभिन्न जिल्लामा संविधानको विरोध गर्दै मधेसी मोर्चाले कालो दिवस मनाइरहेको बेला बर्दिबासबासीले प्रभातफेरी,सरसफाई तथा संविधान बिषयक प्रबचन कार्यक्रमको आयोजना गरेर पहिलो संविधान दिवस भव्यताका साथ मनाए ।

यद्यपी बर्दिबासबासीले संविधान दिवस मनाउँदै मधेशी मोर्चा तथा संघीय गठबन्धनको उचित मागलाई संविधान संसोधन गर्दै संविधान कार्यान्वयमा लैजानुपर्नेमा जोड दिए ।

बर्दिबास स्थित सिन्धुली रोडबाट सुरु भएको प्रभातफेरी जनता क्याम्पस जाने बाटो हुदैं बर्दिबास नगरपालिकाको कायालय भएर शिव मन्दिर हुदैं बर्दिबास —औरही रोड परिक्रमका गर्दै भोल बसन्त चोक हुदैं सिन्धुली रोडमा कोण सभामा परिणत भएको थियो ।

संविधान बिषयक प्रबचन कार्यक्रममा विभिन्न दलका प्रतिनिधिहरुले आआफ्नो धारणा राखेका थिए ।

 





0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.