काठमाडौँः पूर्वप्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री पदका लागि लायक नभएको बताएका छन् ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले घुमाउरो भाषामा प्रधानमन्त्री प्रचण्डतर्फ लक्षित गर्दै भने, ‘ ‘ड्राइभरको सिटमा बस्दैमा सही ड्राइभर हुन सकिन्नँ। असल ड्राइभर हुन लाइसेन्स लिनु पर्छ।’
उनले प्रचण्ड सत्ता चलाउन कुर्सीमा पुगे पनि सत्ता चलाउने बारे ज्ञान नभएको समेत बताए । ओलीले थपे, ‘कोहीकोही सोर्स फोर्सका भरमा लाइसेन्स लिएर ड्राइभरको सिटमा बस्न पनि सक्छन्’
अध्यक्ष ओलीले सार्क शिखर सम्मेलन स्थगित हुँदा समेत प्रधानमन्त्री चुपचाप बसेकोप्रति आपत्ति जनाए । उनले अध्यक्षको हैसियताले क्षमता देखाउने बेला यही भएकाले चुप नबस्न समेत आग्रह गरे ।
भारत र पाकिस्तानको विवादका कारण पाकिस्तानमा हुने भनिएको १९ औँ सार्क शिखर सम्मेलन स्थगित भएपछि दक्षिण एसियाकै राजनीतिमा अन्योलता थपिएको समयमा नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने ओलीको भनाइ छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...