-->
Loading...
भारतीय दवाबमा झुक्दै ३ दिनमा प्रचण्ड सरकारको ३ बिज्ञप्ति: भारतीय मिडियाले मनाउदै छन यसरी खुशियाली

भारत र पाकिस्तानबीच विवाद उत्कर्षमा पुगेको बेला तथास्टता प्रदर्शन गर्न खोजेको नेपाल सरकार अन्ततः भारतीय दवाव कुटनीतिका सामु नतमस्तक बन्न पुगेको छ ।
भारतले पाकिस्तानको राजधानी इस्लामावादमा आयोजित सार्क सम्मेलनमा सहभागी नहुने जानकारी भारतले दिएपछि अध्यक्ष राष्ट्र रहेको नेपालले भारतको छायाँ नपर्ने गरी विज्ञप्ति निकालेर बोल्डनेश प्रदर्शन गर्यो । उक्त विज्ञप्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका समर्थकहरु हौसिएपनि । तर प्रचण्ड समर्थकको खुसी धेरैबेर टिकेन किन भने ३ दिनमा सार्क सम्मेलन सम्बन्धमा तेश्रो विज्ञप्ति निकालीसकेको सरकारले भारतको दवाव सामु झुकेको प्रष्ट देखिएको छ ।
एउटै विषयमा फरक फरक विषय राखेर तीन वटा विज्ञप्ति जारी गर्नुले नेपालको विदेश नीति र खासगरि छिमेक नीतिमा अडान नरहेको र अस्थिरता प्रदर्शन गरेको टिप्पणी विश्लेषकहरुले गरेका छन् ।
तीन दिनमा तेश्रो पटक निकालिएको आइतबारको विज्ञप्तिले भारतले चाहे जस्तै गरी नेपाल पनि अफगानिस्तान, श्रीलंका, भुटान र बंगलादेशकै बाटोमा भारतलाई खुसी पार्ने लाइनमा पुगेको छ । नेपालको पछिल्लो विज्ञप्तिले सार्क सम्मेलनको माध्यमबाट पाकिस्तानलाई एक्ल्याउने भारतीय रणनीति पनि सफल भएको छ ।
केही दिन अघी भारतको उरीमा भएको आतंकबादी आक्रमणमा पाकिस्तान समर्थित लडाकुको हात रहेको भन्दै भारतले पाकिस्तानको राजधानी इस्लामावादमा कातिक २४ र २५ मा आयोजित १९ औं सार्क शिखर सम्मेलनमा सहभागी नहुने जानकारी गराएको थियो । त्यस लगत्तै भारतसहित बंगलादेश, भुटान, अफगानिस्तानले पनि सम्मेलनमा सहभागी नहुने बताए । सदस्य देशहरुबाट यस्ता कुरा आएपछि अध्यक्ष राष्ट्र नेपालले बुधबार पहिलो विज्ञप्ति जारी गर्दै विकसित घटना क्रमलाई गम्भीरतापूर्वक लिएको मात्र बताएन १९ औं सार्क शिखर सम्मेलनका लागि वातावरण सिर्जना गर्न आग्रह गरेको थियो।
उक्त विज्ञप्तिको विषयमा टिका टिप्पणी भएपछि शुक्रबार परराष्ट्र मन्त्रालयले नेपाली भाषामा नयाँ विज्ञप्ति जारी गरेर कतिपय भारतबाट दवाव आएका कुराहरुलाई समावेश गर्यो । तर आयोजक देश पाकिस्तानको विदेश मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै सार्क सम्मेलन स्थगित भएको जानारी दिएपछि भने नेपालले तेश्रो विज्ञप्ति आइतबार जारी गर्यो । आइतबार जारी विज्ञप्तिमा नेपालले सार्क शिखर सम्मेलन स्थगित हुनु दुखद भएको मात्र भनेको छैन भारतको दवावमा परेको स्पष्ट हुने भाषा प्रयोग गर्दै सीमापार आतंकवादका लागि कुनै पनि सार्क देशले आश्रय दिन नहुने भनेको छ ।
भारतले पाकिस्तानमाथि आतंकवादलाई निर्यात गर्ने गरेको आरोप लगाइरहेको समयमा नेपालले निकालेको विज्ञप्तिमा पाकिस्तानलाई इङ्गित गरेर यस्तो भाषा प्रयोग गरिनुले भारतको छिमेक नीति समेत भारत प्रभावित रहेको स्पष्ट छ ।
भारतीय सञ्चार माध्यममा खुसीयाली
पाकिस्तानले सार्क सम्मेलन स्थगित भएको घोषणा र नेपालले भारतप्रेरित भाषा प्रयोग गरेर विज्ञप्ति निकालेपछि भारत भने हौसिएको छ । नेपालले समेत पाकिस्तानको विरोधमा उत्रेको भन्दै भारतीय मिडियामा खुसियाली छाएको छ । भारतीय मिडियाले अव सार्क साइड लागेको र विमष्टेक मात्र बाँकी रहेको भन्ने आशयको हेडलाइन समाचार समेत बनाएका छन् ।
टाइम्स अफ इन्डियाले नेपालले पाकिस्तानलाई एक्लो पार्ने भारतीय कुटनीतिक कदमलाई समर्थन गरेको भन्दै हेडलाइन समाचार बनाएको छ । पाकिस्तान बाहेक अन्य मुलुकका प्रतिनिधिहरु सो सम्मेलनमा भाग लिने र यसले पाकिस्तान एक्लो भएको सन्देश जाने समेत टाइम्स अफ इण्डियाको भनाइ छ ।
गत सेप्टेम्वर १८ मा उरी आक्रमणमा आफ्ना १८ जना सैनिकहरुको मृत्यु भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई सार्क सहित सबै अन्तराष्ट्रिय मञ्चमा एक्लो पार्ने नीति अख्तियार गरेका थिए । सोही अनुरुप नेपालको पछिल्लो विज्ञप्तिलाई भारतीय सञ्चार माध्यमले खुसीयाली मनाउने विषय बनाएका छन् ।
भारतले पाकिस्तानलाई साइड लगाउन सार्कलाई कमजोर पार्दै बिमस्टेकलाई बलियो बनाउन चाहेको देखिन्छ । सन् २०१४ देखि नेपाल बिमस्टेकको पनि अध्यक्ष छ । भारतले गोवामा हुन लागेको ब्रिक्स सम्मेलनमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निम्तो दिइसकेको छ । प्रचण्ड पनि गोवा जाने तयारीमा छन् । भारतसँग निकट बन्न खोजेको आरोप खेपेका प्रधानमन्त्री प्रचण्डका लागि सार्क र बिमस्टेक मध्ये एकलाई प्राथमिकता दिनु पर्ने भारतीय दवाव झेल्ने धर्मसंकटको अवस्थामा पुर्याइदिएको छ । शुरुमा प्रचण्डले केही चलाखीपूर्ण निर्णय गर्दै तथस्थता कायम राख्न सफल भएको भएपनि आइतबारको विज्ञप्तिपछि भने उनी चुकेका छन् ।
एमाले अध्यक्ष ओली र एमाले निकट कतिपय सञ्चार माध्यमले प्रचण्डले विदेश नीति भारतबाट सञ्चालन गर्ने सहमति जनाएको भन्दै आलोचना गरिरहेको समयमा प्रचण्ड सरकारको कदम थप आलोचनाको कारण बन्न सक्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.