काठमाडौं, १७ असोज । स्पेनिस लालिगा अन्तर्गत आइतबार राति भएका खेलमा रियल म्याड्रिड बराबरीमा रोँकिदा बार्सिलोना पराजित भएपछि अर्को क्लब एट्लेटिको मेड्रिडले शिर्ष स्थानमा कब्जा जमाएको छ ।
आइतबार राति भएका खेलमा रियलले एइबरसँग १/१ को अंक बाँडेको छ । १,१ को बराबरी खेलेको रियलका लागी ग्यारेथ बेलले खेलको १७ औं मिनेटमा बराबरी गोल फर्काएपनि जितका लागी पर्याप्त भएन । यसअघि नै छैंटौं मिनेटमा एइबरका रिको काष्टोले अग्रता दिलाईसकेका थिए ।
यसैगरी बार्सिलोना सेल्टिभियोसँग ४–३ गोल अन्तरले पराजित भएको छ । पहिलो हाफमै ३–० ले पछाडी रहेको बार्सिलोना दोस्रो हाफमा खेलमा फर्किएपनि हार टार्न सकेन ।
५८ औं मिनेटमा जेरार्ड पिके, ६४ औं मिनेटमा नेयमारले पेनाल्टी गोल गर्दै अग्रतालाई ३–२ झारेपनि ७७ औं मिनेटमा सेल्टाभियोका हनान्डेजले अग्रतालाई ४–२ मा पुर्याए । ८७ औं मिनेटमा जेरार्ड पिकेले अर्को गोल थपेपनि हार टार्न सकेनन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...