-->
Loading...
आयात नगर्दै बिजुलीको भाउ बढाउने भारतीय प्रस्ताव

१८ असोज, काठमाडौं । भारतबाट १५० भेगावाट बिजुली आयात गर्ने सम्बन्धमा भएका सम्झौता अलपत्र परेको छ ।
सम्झौताको प्रारम्भिक कार्यान्वयन नहुँदै भारतीय पक्षले मूल्य बढाउने प्रस्ताव गरेपछि नेपाली पक्ष अन्योलमा परेको छ ।
सन् २०१५अपि्रलदेखि २५ वर्षका लागि सन् २०११ मा भएको सम्झाैता नेपाल र भारत दुवै मुलुकको कमजोरीले अलपत्र परेको हो । नेपालले २२० केभीको प्रसारण लाइन निर्माण गरेर चार्ज गरेपछि तथा विद्युत दिने भारतले सर्त राखेको आजको कारोबार दैनिकमा समाचार छ ।
एथेना प्लान्ट निर्माण सम्पन्न भएपछि आयात गर्ने सम्झौता भएको थियो । तर समयमै निर्माण नभएपछि अब के गर्ने भन्नेमा दुवै पक्ष अन्योलमा छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.