कास्मिरस्थित भारतीय सैनिक क्याम्पमा गए राति आतंकवादीले हमदामा परि एक सैनिकको मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आक्रमणमा भारतीय अर्धसैन्य सुरक्षा बल बिएसएभका एक सैनिक अधिकृत मारिएका छन् । भारतीय रक्षा मन्त्रालयले विज्ञप्ति जारी गरी क्याम्पमा हमला भएको जनाएको छ। आतंककारी ले ग्रिनेट र स्वचालित हतियार फालेका थिए। जसका कारण क्याम्पमा आगो लागेको थियो । आगो भने नियन्त्रणमा लिइसकेको छ। भारतले पाकिस्तानी आतंकवादीले आक्रमण गरेको दाबी गरिरहेको छ।
गत सेप्टेम्बर १८ मा उरी आर्मी बेसक्याम्पमा भएको हमलाको जवाफका रूपमा भारतले पाकिस्तानी सैनिकमाथि आक्रमण गरेपछि दुई देशबीच तनाव जारी छ । तनावसँगै दुई देशबीच युद्धको छनक देखिन थालेको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...