काठमाडौं, १७ असोज। अन्तत:नेपाली फिल्मका निर्देशक छवि ओझा र नायिका सिल्पा पोखरेल विवाह बन्धनमा बाँधिने भएका छन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका छवि र सिल्पाले अन्तत: दसैंको शुभ साइतमा लगनगाठो कस्ने भएका हुन्।
उनीहरुलाई पारिवारिक सहमतिमा यो दशैमा विवाह गर्ने तयारीमा जुटेका स्रोतले बताएको छ। नेपाली चलचित्रकी चर्चित अभिनेत्री रेखा थापाका पूर्वपति समेत रहेका छविको यो चौथो विवाह गर्न लागेका हुन्। उनले भनेका छन्, ‘एक्लै बस्न नसक्ने भएँ, त्यही भएर अर्को विवाहको तयारीमा छु’ ओझाले भने ‘मेरो चौथो विवाह छिट्टै हुन्छ।’
अभिनेत्री रेखा थापासँग तीन बर्षअघि सम्बन्ध बिच्छेद गरेपनि कानुन रुपमा केही समयअघि मात्र सम्बन्ध बिच्छेद गरेका थिए।छविले लामो समयदेखि सम्बन्धमा रहेकी सिल्पासँग अर्को विवाहको तयारी गरेका छन्।
सिल्पा पोखरेल अहिले पनि छविसँगै बस्दै आएकी छन्।सिल्पाका बुवाले समेत सहमति जनाएपछि उनीहरुबीच विवाह गर्ने योजना बनेको हो।
दशैको टीकाको दिन सिल्पाका बुवा आमाले टीका लगाएर सिल्पालाई छविको आधिकारिक श्रीमति बनाउने तयारी भइरहेको ओझा निकटका एक चलचित्रकर्मीले बताएका छन्।
छविको पहिलो पत्नीसँग डिभोर्स भएको थियो भने दोस्रो पत्नी गीताञ्जली सुनारले आत्महत्या गरेकी थिइन।त्यसपछि छविले रेखासँग विवाह गरेका थिए। करिव १० बर्ष रेखासँग बसेका छवि तीन बर्षअघि मात्र छुट्टिएका थिए।

0 comments
प्रतिक्रिया दिनुहोस्...