काठमाडौं, १६ असोज — आजबाट नवरात्र प्रारम्भ भयो । यस वर्षको नवरात्र दश दिनको छ किनकि द्वितीया तिथि दुई दिनको छ । देवीलाई पूजा गर्ने यस महापर्वमा तल बताइएका उपाय अपनाउनुभयो भने देवी कृपा बर्सिएर तपाईंको गरीबी हटेर जान्छ ।
यी हुन् उपाय
नवरात्र अवधिभरि दुईदेखि पाँच वर्षसम्मका कन्यालाई पूजा गर्नुको विशेष महत्व छ । यी दिनहरूमा कन्याहरूलाई सुन्दर वस्तु दान गर्दा देवी माता शीघ्र प्रसन्न हुनुहुन्छ । नौ दिनसम्म कन्याहरूलाई फरकफरक वस्तु दान गर्नुपर्छ । कन्याहरू साक्षात् देवी माताका स्वरूप हुन् । त्यसैले नवरात्रमा कन्या पूजन गर्नु पुण्यदायी काम हो ।
प्रतिपदाको दिन कन्याहरूलाई फूल दान गर्नुहोस् । यसका साथै कुनै शृंगार सामग्री दान गर्नु उपयुक्त हुन्छ । कन्यालाई सेतो फूल दान गर्दा माता सरस्वती प्रसन्न हुनुहुन्छ । सुखसुविधा पाउने तपाईंको इच्छा छ भने रातो फूल दान गर्नुस् ।
द्वितीया तिथिमा कन्याहरूलाई फल दिएर पूजन गर्नुस् । रातो वा पहेंलो रंगको फल दान दिँदा देवी कृपा भई सुखसुविधा प्राप्त हुन्छ । कन्याहरूलाई नरिवल र केरा दान दिँदा पनि देवी प्रसन्न हुनुहुन्छ ।
तृतीया तिथिमा कन्याहरूलाई मिठाई दान गर्नु उपयुक्त हुन्छ । घरमा बोलाएर कन्याहरूलाई खीर वा हलुवा खुवाएमा देवी अत्यन्त प्रसन्न हुनुहुन्छ ।
चतुर्थी तिथिमा कन्यालाई वस्त्रदान गर्नुको महत्व छ । इच्छा अनुसार कन्याहरूलाई पूर्ण वस्त्र दान गर्नुस् । वस्त्रदान गर्न असमर्थ हुहनुहुन्छ भने रिबन दिनुभए हुन्छ ।
पञ्चमी तिथिमा कन्याहरूलाई शृंगारका सामान दान गर्नु उपयुक्त हुन्छ । टीका, चुरा, गाजल, पाउडर लगायतका सामग्री दान गर्नुहोला ।
षष्ठी तिथिमा बच्चीहरूलाई खेल र मनोरञ्जन सामग्री दान गर्नुहोला । यसबाट कन्याहरू खुशी हुन्छन् अनि देवी पनि प्रसन्न हुनुहुन्छ ।
सप्तमी तिथिमा कन्याहरूलाई शिक्षण सामग्री दान गर्नुहोला । यसो गर्दा माता सरस्वती प्रसन्न हुनुहुन्छ । किताब, कापी, कलम लगायतका वस्तु दान गर्नुस् ।
अष्टमी तिथिमा कन्याहरूलाई आफैंले शृंगार गरिदिनुस् । अनि उनीहरूको पूजन गर्नुस् र दक्षिणा दिनुस् । त्यसपछि उनीहरूलाई भोजन गराउनुस् ।
नवमी तिथिमा कन्याहरूलाई खीर पुरी खुवाउनुस् । उनीहरूलाई सिंगार्नुस् । अनि घरमा हवन गर्नुभयो भने समिधा कन्याको हातबाट राख्न लगाउनुस् ।साभार: लोकान्तर

0 comments
प्रतिक्रिया दिनुहोस्...