-->
Loading...
भारतीय सेनाको क्याम्पमा फेरि आक्रमण, कम्तिमा ३ को मृत्यु

नयाँदिल्ली: भारतको अधिनस्थ कश्मिरको बारामुलामा भारतीय सेनाको ४६ राइफल्स क्याम्पमा आइतबार राति आक्रमण भएको छ ।
आइतबार राति १० बजेर ३० मिनेटको समयमा चरमपन्थीले आक्रमण गरेका हुन् । ह मलापछि दुबैतर्फबाट गोलाबारी भएको थियो ।
आक्रमणकारीले भारतीय सेनाको क्याम्पमा गोलीसँगै ग्रिनेड हानेका थिए । यो हमलामा उरीमा जस्तै कम्तिमा पनि चारजना संलग्न भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
हमलापछि राष्ट्रिय राइफल्सका कमाण्डो र सीमा सुरक्षा बल (बीएसएफ) का जवाहरुले आक्रमणकारीको खोजी गरिरहेका छन् । आक्रमणपछि भएको भिडन्तका क्रममा एकजना भारतीय सैनिक र दुईजना आक्रमणकारी मारिएका छन् ।
आक्रमणमा संलग्न दुई चरमपन्थी भने भाग्न सफल भएका छन् । यो आक्रममा सीमा सुरक्षा बलका पाँच जवान गम्भीर घाइते भएका छन् ।
समाचार अनुसार बीएसएफका जवान नितिनको ज्यान गएको हो । यसभन्दाअघि १८ सेप्टेम्बरमा कश्मिरको उरीस्थित सेनाको ब्रिगेडमा भएको हमलामा १९ जना भारतीय सैनिक मारिएका थिए ।
समाचार अनुसार बारामूलामा सेनाको क्याम्पमा यो हमला आइतबार राति १० बजेर ३० मिनेटको आसपासमा भएको हो । यो क्याम्प ४६ राष्ट्रिय राइफल्सको हो । राष्ट्रिय राइफल्सको यो युनिट कश्मिरमा काउन्टर टेरर अपरेनका लागि खटिएको छ ।
यो क्याम्प झेलम नदीको नजिकै रहेको छ । क्याम्प आसपास ३-४ अरु सुरक्षा क्याम्प पनि रहेका छन् । यी क्याम्प सीआरपीएफ, सेना र बीएसएफका हुन् ।
दुई महिनाअघि पनि बारामुलामा आत्मघाती आक्रमण भएको थियो । आइतबार राति आक्रमण भएको स्थानमा भारतीय सनेाको ग्रुप कमाडिङ्ग अफिसरको कार्यालय र अन्य सरकारी कार्यालय पनि रहेका छन् ।
समाचार अनुसार आक्रमणपछि सोमवार बिहान १ बजेर २० मिनेटमा मात्रै भिडन्त सकिएको थियो । अहिले पनि सर्च अप्रेशन जारी रहेको छ ।
भारतीय सेनाले सर्चका क्रममा ग्रिनेडसहितको एउटा झोला पनि बरामद गरेको छ । समाचार अनुसार तीनदेखि चारजना आक्रमणकारीले सुरुमा क्याम्पमा ग्रिनेड हानेका थिए । त्यसपछि भिडन्त सुरु भएको थियो ।
दुइट बाटोबाट आएका आक्रमणकारीले पहिले एउटा ग्रिनेड हानेका थिए । त्यसपछि नजिकै रहेका अर्को समूहकाले क्याम्पमा गोली बर्साएका थिए ।
बीएसएफकाके पूर्व एडीजी पीके मिश्रलाई उधृत गर्दै लेखिएको समाचार अनुसार पाकिस्तानले आफूलाई जोगाउन चरमपन्थीको प्रयोग गरेको हो ।
यो आक्रमणपछि आजै जवाफी कारवाही थाल्ने मनस्थितिमा भारत पुगेको छ । यी चरमपन्थीलाई स्थानीयबासीको पनि समर्थन रहेको बताइन्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.