पर्बत सदरमुकाम कुष्माका बिभिन्न स्थानमा बिक्री बितरण हुदै आएको घरेलु मदिरा नष्ट गरिएको छ । अबैध रुपमा घरेलु मदिरा उत्पादन गर्नेको संख्या बढेको पाइएपछि नष्ट गरिएको हो ।
चाडपर्व नजिकिदै गर्दा कुश्मा बजारमा घरेलु मदिराको प्रयोग बढेपछि त्यसको रोकथामको लागि प्रहरीले अनगुमन बढाएको हो । चाडपर्व शुरु भएसँगै मदिराको प्रयोग बढ्ने भएकोले अनुगमन थालिएको र अनुगमनलाई अझै तिब्रताका साथ अगाडि बढाईने प्रहरी निरिक्षक मधुकरजंग बिष्टले जानकारी दिनुभयो । प्रहरीले अनुगमनको क्रममा घरेलु मदिरा तयार पार्न भाडाकुाडा सहित सबै समानहरु नियन्त्रणमा लिएको छ ।
जिल्लामा इजाजत बिना मदिरा बिक्रि बितरण गर्न कानुनी रुपमा छुट नभएपनि अधिंकाश होटल व्यवसायीहरुले कानुनको उल्लघन गरेको पाइएको छ । घरेलु मदिरा बनाउनेहरुलाई कानूनी रुपमा दर्ता गरेर मात्रै मदिरा उत्पादन गर्न वा बन्द गर्नको लागि सुझाव दिएको भएपनि त्यसको पालना अझै हुन सकिरहेको छैन । मदिरा सेवनकै कारण जिल्लामा सार्वजनिक अपराध बढेको देखिएको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...