असोज १५, काठमाडौं– गोंगबुको बानियाँटार स्थित पारामाउन्ट एकेडेमीले ह्यान्डराइटिङ प्रतिस्पर्धामा पहिलो भएकी छात्रा सपना तिवारीलाई शनिबार सम्मान गरेको छ ।
ह्यापीकिड्स तथा एडु टेकको संयुक्त आयोजनामा असोज पहिलो साता भएको ह्यान्डराइटिङ प्रतिस्पर्धामा सपना पहिलो भएकीहुन् । विभिन्न २ सय ५३ विद्यालयमाकक्षा ८ देखि १० सम्म अध्ययनरत १ हजार ५ सय विद्यार्थी बीचको प्रतिस्पर्धामा सपनाले आफुलाई अब्बल तुल्याएकी थिईन् ।
पारा माउन्ट एकेडेमीमा कक्षा ९ मा अध्ययनरत सपना पढाइमा पनि पहिलो-दोश्रो स्थानमा आउने गरेको पारामाउन्टका प्रिन्सिपल मुकुन्द प्रसाद पाण्डेले जानकारी दिए । प्रिन्सिपल पाण्डे सहित पारामाउन्टका निर्देशक प्रमोद पाण्डेले शनिवार सपनालाई प्रशंसापत्र सहित सम्मान गरे ।
पढाईका अलावा अत्तिरिक्त क्रियकलापमा उत्कृष्टता हासिलगर्ने विद्यार्थीको हौसला अभिबृद्धिगर्ने उद्देश्यले सपनालाई सम्मान गरिएको प्रिन्सिपल पाण्डेले बताए ।
सोहीप्रतिस्पर्धाको छुट्टै विधामा पारामाउन्टमा कक्षा ६ माअध्ययनरत छात्रा नलिनाघर्ती मगर पाँचौं तथा कक्षा २ माअध्ययनरत छात्रा अपेक्षापौडेलले छैटौं स्थान हाँसिल गरेका थिए ।

0 comments
प्रतिक्रिया दिनुहोस्...