पोखरा, १७ असोज । ईन्जियिरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखराका विद्यार्थीले सौर्य उर्जाबाट चल्ने कार निमार्ण गरेका छन् । मेकानिकल विभाग अन्तर्गत बिई अन्तिम बर्षका बिद्यार्थीले डेढ महिनाको परि श्रमपछि चार जनाको सिट क्षमता भएको कार निमार्ण गरेका हुन् ।
पोखराका सौगात कोइराला, हेटौडाका सुमीत ढकाल, नवलपरासीका राजन खनाल, बद्रियाका सागर अधिकारी, चितवनका प्रयास रिमाल, स्याङ्जाका कृष्णप्रसाद तिमिल्सिना, मोरङका खगेन्द्र कार्की र दोलखाका दिपेश कार्कीले करिव तीन लाखको लागतमा सौर्य उर्जावाट चल्ने कार बनाएका हुन् । आठ जना बिद्यार्थीले आफ्नै सृजना र लगानीमा कार निमार्ण गरेको बताए ।

0 comments
प्रतिक्रिया दिनुहोस्...