काठमाण्डौं । निम्न प्रकारका वस्तुहरु घरमा विधिपूर्वक राख्दा घरमा लाभ हुन्छ :
जसको जुन भगवानमा भक्ति छ, जसको जुन कुलदेवता हो त्यसको मूर्ति एक हातसम्म अग्लो बनाई राखेमा कुनै दोष छैन ।
daurpalघरको ढोकाको दुवैतर्फ अलङ्कृत प्रतिहार (द्वारपाले) जसको हातमा बेतको छडी होस्, तरबार र म्यान धारण गरेको होस्, रुप र यौवनले युक्त होस्, चित्र—विचित्र वस्त्र र आभूषणले सजिएको होस् यस्तो द्घारपाल प्रयोज्य छ ।
सँगीहरुद्वारा घेरीएकी, हँसाउने विदूषकहरुसँगै रहेकी, अति सुन्दर नारी प्रतिहारी (नारी द्वारपाल) ढोकाको दुवैतर्फ स्थापित गर्नुपर्छ ।
पद्यमा बसेकी, पूर्ण कुम्भ भएकी, रत्न र वस्त्र धारण गरेकी, टेढो भई अग्लो उठेको पुष्प, फल र पञ्चपल्लवले भरिएको पूर्ण कुम्भ, अङ्कुश, छत्र, बेल (श्री) वृक्ष, सिसा र चामरले उपलक्षित, शङ्ख र माछाको मालाले विभूषित अष्टमङ्गला गौरीको ढोकामा चित्र बनाई राख्नुपर्छ ।
ढोका (द्वारमण्डल) को मध्यभागमा उत्तम हात्तीद्वारा स्नान गराइरहेकी, पद्यमा बसेकी, पद्यलाई हातमा लिएकी, खुब सजिएको लक्ष्मीको चित्र बनाई राख्नुपर्छ ।
वैश्रवण (कुबेर), शङ्खसहित सुनचाँदीका मुद्राहरु, गोरु, गाई (आफ्ना बाच्छा—बाच्छीसहित), हाँस, उद्यान, सारससहितको तलाउ, नृत्य—गाना गरिरहेका महिलाहरु, सुगा, मैन, मयूर, कुखुरा यी सबै प्रयोज्य हुन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...