चितवन, १२ पुस - चितवनको मुग्लिन नजिकै रात्रिबस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। २६ जना घाइते भएका छन्।
काठमाडौंबाट सर्लाहीको मलंगवाका लागि छुटेको ना ४ ख ५४४२ नम्बरको बस मुग्लिन नजिकै चण्डीभञ्याङ गाविसको कालिखोलामा पल्टिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार राति पौने १ बजेतिर बस दुर्घटनामा परेको हो। घाइतेलाई भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ। रासस

0 comments
प्रतिक्रिया दिनुहोस्...