-->
Loading...
चुम्बन गरेपछि भयो यी युवतीको मृत्युः यस्तै ५ डरलाग्दा घटना

प्रेममा डुबेका जोडीका लागि एक अर्काको साथ निकै महत्वपूर्ण हुन्छ । सबैसँग लुकिछिपी भएपछि प्रेम गर्ने जोडी एक अर्कालाई एक्लै भेट्न निकै लालायित हुन्छन् । मौका पाएको अवस्थामा निकै खुसी पनि । एक्लै हुँदा आफ्नो प्रेम व्यक्त गर्न जोडीले एक अर्कालाई अंगालो हाल्ने, चुम्बन गर्नेजस्ता व्यवहार गर्न सक्छन् । तर यहि निकटता कसैको मृत्युको कारण बन्छ भने तपाईं के भन्नुहुन्छ ? आज हामी तपाईंलाई यस्तै अचम्मका घटनाबारे जानकारी दिँदैछौं जसमा जोडीको चुम्बन गर्ने क्रममा मृत्यु भयो ।

क्यानडाको मोन्ट्रियालमा बस्ने २० वर्षीया मिरियम आफ्ना प्रेमीसँग पार्टीमा रमाइलो गरिरहेकी थिइन् । पार्टीपछि उनका प्रेमीले मिरियमलाई चुम्बन गरेका थिए । तर दुबैलाई यो कुरा थाहा थिएन कि उक्त चुम्बन मिरियमको लागि अन्तिम हुनेछ । वास्तवमा मिरियमलाई बदामबाट एलर्जी थियो । चुम्बन गर्नुभन्दा पहिले मिरियमका प्रेमीले बदाम बटर भएको स्यान्डविच खाएका थिए । यसैकारण मिरियमको ज्यान गयो ।
के थियो पूरा घटना ?
पार्टीमा मिरियमका प्रेमीले बदाम बटरभएको स्यान्डविच खाएका थिए । त्यसको केही बेरपछि उनले मिरियमलाई चुम्बन गरे । चुम्बन गरेको केही समयपछि मिरियमको स्थिती बिग्रन थाल्यो । उनलाई सास फेर्न गाह्रो भयो । यस्तो हुँदा मिरियमले प्रेमीलाई सोधिन्, ‘के तिमीले बदाम खाएका थियौ ?’ । त्यतिबेला मिरियमसँग इपिपेन पनि थिएन जुन एनेफाइलेक्सिसको इमरजेन्सी उपचारमा काम आउँछ । प्रेमीले उनलाई लिएर तुरुन्त अस्पताल गए जहाँ उनको मृत्यु भयो । उनको मृत्युको कारण सेरेब्रल एनोक्सिया थियो । मिरियमको मस्तिष्कमा अक्सिजनको सप्लाई बन्द भइसकेको थियो । उनका प्रेमीलाई यो कुरामा निकै अफसोस भयो । घटना सन् २०१२ को हो ।
चुम्बन गर्दा खुट्टा चिप्लियोः ६० फिट तल खसेर भयो मृत्यु
१९ वर्षका एनस्तासिया र १८ वर्षका रामोस बेलायत पढ्न आएका थिए । दुबै मेक्सिकोको विश्वविद्यालयमा भेटे । केही दिनमा नै उनीहरु एक अर्कालाई प्रेम गर्न थाले । एक दिन अपार्टमेन्टको बालकनीमा उभिएर एक–अर्कालाई चुम्बन गरिरहेका थिए । यसै क्रममा उनीहरुको ब्यालेन्स बिग्रियो र ६० फिट तल खसे । दुबैको घटनास्थलमा नै मृत्यु भयो ।
चुम्बनको उत्तेजनामा हृदयघातः प्रेमीको अगाडि मृत्यु
बेलायतमा बस्ने १८ वर्षीया जेम्मा बेन्जामिन आफ्नो कलेजमा पढ्ने ड्यानियलसँग प्रेम गर्थिन् । दुबै एक अर्कालाई निकै रुचाउँथे । यो जोडीले आफ्नो पहिलो ‘मेकआउट सेसन’ अनुभव गर्दैथिए त्यतिबेला जेम्मा बेन्जामिनको स्थिती बिग्रिन थाल्यो । पहिलो चुम्बन पश्चात् ड्यानियलको अगाडि उनको मृत्यु भयो । वास्तवमा जेम्मा निकै उत्तेजित भएकी थिइन् र यसैकारण उनलाई हृदयघात भएको थियो ।
ब्रेकअपभन्दा पहिले प्रेमीसँग मागिन् चुम्बन र मृत्यु उपहार
टेक्सासमा बस्ने वाकी बेट्टी र उनका प्रेमीको लभ स्टोरी थुप्रै दिनसम्म पत्रिकाको हेडलाइन बनेको थियो । वास्तवमा यो जोडी हाइस्कूलदेखि नै सँगै थिए । तर केही समयपश्चात् बेट्टी र उनका प्रेमी म्याक ह्यारिङको ब्रेकअप भयो । तर बेट्टीले ब्रेकअपभन्दा पहिले म्याकलाई अन्तिम चुम्बनको लागि आग्रह गरिन् । यसका साथै बेट्टीले उनलाई मार्न पनि अनुरोध गरिन् । सबैभन्दा अचम्मको कुरा के छ भने म्याकले चुम्बन गरेपछि बेट्टीलाई मारिदिए ।
१५ औं जन्मदिनमा पाउँदै थिए महिलाको चुम्बन, तर भयो मृत्यु
यो अचम्मको घटना अमेरिकामा बस्ने १५ वर्षका जर्ज स्पेन्सर मिलेटमाथि भयो । इन्स्योरेन्स कम्पनीमा काम गर्ने जर्जलाई उनको १५ औं जन्मदिनमा कम्पनीका महिलाले उपहारस्वरुप चुम्बन गर्ने निर्णय गरे । हरेक महिलाले उनलाई १५ पटक चुम्बन गर्ने भनिएको थियो । तर यसैबिच जर्जको शर्टको पाकेटमा भएको तिखो वस्तु उनको छातीमा


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.