-->
Loading...
नेपालको लागि आज मात्र होइन, भोली पनि अप्ठ्यारो पर्ने कुनै सम्झौता गर्न दिँदैनौँ : अध्यक्ष ओली

माघ १७, काठमाण्डौँ – भारतले गत वर्ष गरेको लामो अघोषित नाकाबन्दीबाट नेपाली जनतामा असाधरण देशभक्ति छ भन्ने पुष्टि भएको एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । 

राष्ट्रिय विभूति बलभद्र कुँवरको पूर्णकदको शालिक काठमाण्डौँको टेकुमा अनावरण गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । बलभद्र कुँवरको २२७ औँ जन्मजयन्तीको अवसरमा बलभद्र कुँवर प्रतिष्ठानले बनाएको साढे पाँच फिट अग्लो शालिकको ओलीले अनावरण गरेका हुन् । 

सोही कार्यक्रममा बोल्दै उनले भने – ’नेपालीहरु देशलाई माया गर्छन्, यो प्रमाणित नै भएको छ । अब कसैले नेपाललाई तलमाथि गर्छु भन्ने सोच्छ भने त्यो कदापी सफल हुँदैन ।’

बलभद्र जस्तो बहादुर देशभक्त र वीर पूर्खाहरुकै सन्ततीको रुपमा आजको नेपाल रहेको उल्लेख गर्दै यो नेपाललाई अगाडि बढाउने अहिलेको पुस्ताको जिम्मेदारी भएको ओलीले बताए । 

सोही प्रसंगमा उनले संविधान कार्यान्वयन गर्नु पर्ने बेलामा केही दल संशोधनको बखेडा झिकेर बेमौसमी बाजा बजाईरहेको आरोप समेत लगाए । नेपालको लागि आज मात्र होइन, भोली पनि अप्ठ्यारो हुने कुनै पनि सम्झौताहरु गर्न नदिने दाबी अध्यक्ष ओलीको छ । 

Source: DCnepal 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.