-->
Loading...
बिप्लब माओवादीले गर्यो भारतीय एयर मार्सल सवार जहाजलाई काठमाडौंमा खसाल्ने तयारी

नेकपा (माओवादी) ले भारतीय एसर मार्सल सवार जहाजलाई काठमाडौंमा अवतरण गर्न नदिने बताएको छ ।

अहिलेको सरकार भारतको ईसारामा चलेको आरोप लगाउँदै नेत्र विक्रमचन्द (विप्लव) नेतृत्वको माओवादीले एयरमार्सल विरुद्धको आन्दोलन देशव्यापी बनाउने घोषणा गरेको छ । पार्टीका जबस मोर्चा इन्चार्ज मोहन कार्की (जीवन्त) ले नेपाली भूमिभित्र कुनै पनि देशका सेनाको सवारी सैह्य नभएको भन्दै तत्काल भारतीय एयर मार्सल राख्ने निर्णय खारेज गर्न माग गरे ।

उनले भने, ‘हाम्रो पार्टीले एयरमार्सलविरुद्धको आन्दोलन देशव्यापी बनाउनेछ, तत्काल भारतीय सेना चढेको जहाजलाई काठमाडौंमा अवतरण गर्न रोक लगाउनुपर्दछ ।’

नेपाल सरकारलाई कुटनीतिक पहल लिएर तत्काल भारतीय सेना सवार जहाजलाई काठमाडौंमा अवतरण गर्न रोक्न चेतवानी दिँदै सरकारले रोक्ने प्रयास नगरे आफूहरूले अप्रिय निर्णय गर्न बाध्य हुने चेतावनी दिए ।

उनले नेपाली जनतामा रहेको उच्च बलिदानी भावनाको सम्मान गर्दै तत्काल भारतीय सेना काठमाडौंस्थित विमानस्थमा अवतरण नरोकै जनताले प्रतिरोध गरेर त्यस्ता जहाजलाई काठमाडौंमा छिर्न नदिनेसम्मको विरोधका कार्यक्रम बनाउने चेतावनी दिएका छन् ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.