-->
Loading...
साझा यातायातले बीस प्रतिशत छुट दिने

पुस २९, २०७३- साझा यातायातले सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै लामो दुरीमा चल्ने गाडीमा २० प्रतिशत छुट दिने भएको छ ।

साझाले शनिबार माघ १ गतेदेखि लागू हुनेगरी उपत्यका बाहिरका काठमौँबाट– वीरगन्ज, भैरहवा र पोखरा बागलुङ रुटमा चल्ने गाडीमा रु २० प्रतिशत भाडा घटाएको हो । सेवाग्राहीलाई विशेष लाभ दिने उद्देश्यले सरकारले तोकेको भाडादरमा अर्को सूचना जारी नहुँदासम्म २० प्रतिशत छुट गरी भाडा समायोजन गरिएको साझा यातायातका कायममुकायम प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए ।

उनका अनुसार नयाँ कायम गरिएको भाडादरमा काठमाडौँदेखि वीरगन्जसम्म यसअघिको रु ४९० बाट घटाएर रु ३९२, भैरहवाको रु ५१० बाट रु ४०८ र पोखराको रु ३९० बाट रु ३१२ कायम गरिएको छ । साझाले २०७० वैशाखदेखि १६ वटा र २०७३ मङ्सिर १२ गतेदेखि ३० वटासमेत गरी ४६ वटा बसमार्फत काठमाडौँ उपत्यकामा सेवा पुर्याउँदै आएको जनाएको छ ।

साथै साझाले दसैँको अवसरमा गत असोज १६ गतेबाट उपत्यका बाहिरका चार गन्तव्यमा सेवा सुरु गरेकोमा काठमाडौँदेखि गोर्खा रुटमा चल्ने बससेवा विशेष कारणवस हालका लागि स्थगित गरिएको विज्ञप्तिमार्फत जनाएको छ । साझाले उपत्यका बाहिरका चार रुटमा आठवटा बस सञ्चालन गर्दै आएको थियो । आगामी दिनमा सेवा विस्तार गरी सुविधान सम्पन्न बस थप्ने तयारी भएको साझाले जनाएको छ ।
रासस



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.