-->
Loading...
फ्रान्सकी आइरिसले जितिन् मिस युनिभर्स २०१७ को ताज

मनिला, १७ माघ । यस वर्ष मिस युनिभर्सको ताज फ्रान्सकी युवती आइरिस मित्तेनायरले जितेकी छिन् ।

फिलिपिन्सको राजधानी मनिलामा आयोजित ६५औं मिस युनिभर्स प्रतियोगितामा आइरिसले विश्वका ८५ देशका सुन्दरीहरुलाई पछाडि पार्दै उक्त उपाधी हात पारेकी हुन् । 


दन्त चिकित्सा विषयमा फ्रान्समा अध्ययनरत २४ वर्षिया विद्यार्थी तथा मोडेल आइरिसले पचासी जना सुन्दरी प्रतिद्वन्दीहरुलाई पछि पार्दै सन् २०१७ को मिस युनिभर्स उपाधि हात पार्न सफल भएकी हुन् ।

राजधानी मनिलाको एसिया एरिना मलमा आयोजित उक्त प्रतियोगिताको अन्तिम दिन उनलाई गत वर्षकी विश्व सुन्दरी, फिलिपिन्सकै पिया उर्जब्याचले मिस युनिभर्सको शिरताज पहिराइदिइन् ।

उत्तरी फ्रान्सको एउटा सानो नगर – लिली निवासी सुन्दरी आइरिसले आयोजकका तर्फबाट स्टिभ हार्भेले सोधेका एक सामान्य प्रश्नको उत्तरमा यस प्रतियोगितामा आफू प्रथम वा द्वितिय वा तृतिय जुनसुकै स्थानमा पर्न पाए पनि हर्षले गद्गद् हुने बताएकी थिइन्, तर प्रथम स्थान नै उनको पोल्टामा परेको हो ।


सो प्रतियोगितामा हैटिकी पच्चीस वर्षीया सुन्दरी राकेल पेलिसियर दोश्रो स्थान (फस्र्ट रनर–अप) मा र कोलम्बियाकी तेइस वर्षीया सुन्दरी एन्ड्रिया टोभार तेश्रो स्थान (सेकेण्ड रनर–अप) मा विजयी हुन सफल रहे ।

द्वितीय स्थानमा रहन सफल सुन्दरी राकेलको गृह नगर सन् २०१० मा हैटिमा आएको महाभूकम्पमा परेर ध्वस्त भए ता पनि उनी जीवित रहन सफल रहेकी थिइन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.