मुम्बई । फिल्म निर्माता आनंद राय, जसले ‘तनु वेड्स मनु’ सीरीजको २ दुई फिल्म बनाएका छन् । फिल्मको तेस्रो पार्टको तयारीमा उनी जुटेका हुन् ।तेस्रो पार्टमा रायले कलाकारहरूको चयनमा हेरफेर गर्ने जनाएका छन । फिल्ममा उनले अभिनेत्री कंगना रनौतलाई नखेलाउने भएका हुन् । फिल्मको टिमबाट कंगना निस्कासित भएको समाचारमा उल्लेख छ ।
‘तनु वेड्स मनु’का दुईवटै पार्टमा कंगनाले अभिनय गरेकी थिइन् । कंगनाको स्थानमा अन्य नयाँ नायिकालाई ल्याउने तयारी भएको छ ।फिल्मको निर्देशन आनंद रायले गर्ने छैनन् । फिल्मको स्क्रिप्ट लेखिरहेका हिमांशु शर्माले ‘तनु वेड्स मनु’को तेस्रो पार्टको निर्देशन गर्ने छन् ।‘तनु वेड्स मनु रिटर्न’को शूटिंगका बेला कंगनाको रवैयाबाट फिल्मको यूनिट साह्रै तनावमा परेको थियो । सोही कारण तेस्रो पार्टबाट कंगनालाई हटाइएको जनाइएको छ । – एजेन्सी

0 comments
प्रतिक्रिया दिनुहोस्...