-->
Loading...
कुलेश्वरमा भिषण आगलागी,क्षतिको विस्तृत विवरण भने आउन बाँकी

काठमाडौँ, १६ माघ । कुलेश्वरको नयाँबस्तीस्थित नवील बैंक अगाडि गौतम स्टोरमा आज साँझ  भिषण आगलागी भएको छ । कालिमाटी प्रहरीका अनुसार बेलुका ८ः३० मा सुरु भएको आगलागी प्रहरी, दमकल तथा स्थानीयवासीको सहयोगमा करिब डेढ घन्टापछि आगलागी नियन्त्रणमा लिइएको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी सहायक निरीक्षक सुदीप पोखरेलका अनुसार विद्युत सर्ट भई आगलागी भएको र के कति नोक्सान भयो भन्ने बारेमा अनुसन्धान भइरहेको छ । छवटा दमकल र १० वटा ट्याङ्करबाट पानी ल्याएर आगो निभाउने कार्यमा प्रहरी र सेना लागिपरेका थिए ।

आगलागी भएको सटर वरपर करिब १०–१२ वटा सटरमा समेत आगलागीको असर परेको छ । आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।

Source- LightNepal 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.