-->
Loading...
घरबाट निस्कनुभन्दा पहिले अपनाउनुहोस् यी उपाय, बन्नेछ तपाईको बिग्रेको काम


यस्तो हामी सबैलाई हुन्छ जब हामी घर बाहिर निस्कन्छौं त पुरै दिन बित्छ तर कुनै पनि काम बन्दैन ।यस्तोमा मुखबाट मात्रै यो निस्कन्छ किआज त दिन नै खराब रहेछ । तर केही यस्ता उपाय छन्जसलाई यदी तपाईले अपनाउनुभयो भने तपाईको सबे बिग्रेका कामहरु बन्न सक्छन् ।त्यसैले घरबाट निस्कन पहिले नै तपाईको दिनको हिसाबबाट यो कुरा गर्नु पर्छ ।

शुरुवात सोमबारबाट गरौं । यो दिनतपाई घरबाट निस्कनुहुन्छ भने ऐनामा आफ्नो अनुहार देखेर निस्कनुहुन्छतपाईको काम साँच्चै नै पुरा हुन्छ ।

यस्तै हरेक दिन कुनै काम गर्नु भन्दापहिले सख्खर वा गुड खान शुभ मानिन्छ तर मंगलबार विशेष रुपमा यस्तो गर्नुहोस ।सख्खरको गुलियोले तपाइको दिन पनि राम्रो हुनेछ ।

बुधबार यदि कुनै विशेष कामले बाहिर निस्कन लाग्नुभएको छ भने धनियाको पत्ति खाएर निस्कनुहोस् ।यस्तो गरेमा तपाईलाई सफलता मिल्नेछ ।

विहिबारको दिन पँहेलो रँगको कपडा पहिरिनुहोस र यसको साथसाथै जीरा खाएर पनि निस्कनुहोस ।दिन शुभ हुनेछ र तपाई आफ्नो काममा पनि सफल हुनु हुनेछ ।

गुलियो जस्तै हरेक शुभकामको लागि दही पनि खुवाइन्छ तर, विशेष गरि शुक्रबारको दिन छ भने दही अवश्य पनि खानुहोस् ।यसो गर्नाले तपाईलाई सफल हुनबाट कसैले रोक्न सक्दैन ।

शनिबारको दिन अदुवा खाएर घरबाट निस्कनुहोस । अदुवा खानाले तपाईका बाटोबाट सबैखालका बाधाहरु हट्छन् र तपाईलाई आफ्नो

कामबाट सफलता मिल्छ । यसै गरी आइतबारको दिन पान खाएर निस्कनुहोस । तपाईको काम अवश्य पनि पुरा हुन्छ । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.