-->
Loading...
निशाले काठमाडौँको ब्यस्त सडकमा स्कूटर रोकेर केटालाई थप्पड हानेपछि…



इभ टिजिंग, यानीकि सार्वजनिक स्थानमा युवतीहरुलाई जिस्क्याउनु वा मनोवल गिराउने व्यवहार गर्नु । विशेष गरी दक्षिण एशियाली राष्ट्रहरुमा रोगकै रुपमा देखिएको छ । नेपालमा पनि यो एक सामाजिक समस्याको रूपमा मौलाउदै गएको छ ।
खास गरि सार्वजनिक स्थान र बाटोमा महिला तथा युवतीहरु पुरुषहरुको सिकार हुँदै आएका छन् । मानसिक तथा शारीरिक रूपमा निकै नै नकारात्मक असर भोग्दै आएका छन् शहरका महिला तथा युवतीहरु….चाहे त्यो काम गर्ने कार्यालय होस या सार्वजनिक यातायात या बाटो मा…. !
तर यस्तै एउटा घटनाले भने नितान्त फरक तर रोचक मोड लियो । एक २० बर्षीय युवतीले यस्तै हैरानी र उत्पीडनबाट स्वयम् आफैलाई बचाइनन्, पीडकलाई समेत कानूनी कारवाहीको दायरामा ल्याउने आँट गरिन् । एक साँझ निशा भट्ट स्कूटरमा आफ्नो गन्तव्य तिर लाग्दै थिइन् । दरबारमार्ग आए पछि उनलाई स्कूटरमा नै सवार दुई युवाहरुले पीछा गर्न थाले । उनलाई पीछा मात्र गरेनन, उनलाई विभिन्न अपशब्द बोल्दै जिस्काउन थाले । बालुवाटार स्थित नेशनल कलेजमा सामाजिक विज्ञान विषयमा स्नातक गरिरहेकी भट्टले ति युवाहरुलाई पाठ पढाउने निधो गरिसकेकी थिईन…केवल सहि समयको पर्खाइमा थिइन् निशा… ।
अन्ततः निशाले उपयुक्त स्थान र समय पाइन् । सोह्रखुट्टेको ओरालो लागेपछि गाडीहरु रोकिए । यहि समय ठीक हुने देखेर निशाले स्कुटर रोकेर ती युवाहरु भएको ठाउँ सरासर गईन् र ती युवाहरुलाई थप्पड हानिन् ।
यो घटना नजिक रहेका ट्राफिक प्रहरीको नजरमा समेत प¥यो । निशाले वृतान्त अवगत गराएपछि ट्राफिक प्रहरीले नजिकै रहेको प्रहरी वृत्तमा तिनै जनालाई लगेर थप अनुसन्धान गर्न थाल्यो । प्रहरी सामक्ष ती केटाहरुले आफुले गल्ती गरेको भन्दै क्षमायाचना गर्न थाले । आफुहरु विद्यार्थी भएको र आफ्नो परीक्षा समेत नजिकिदै गरेको भन्दै अब उपरान्त त्यस्तो कार्य कहिल्यै नगर्ने वाचा गरे । निशाले पनि प्रहरी समक्ष आफुले गल्ती गरेको कबुल गरेपछि ती युवाहरुलाई रिहा गर्न सहमत भईन र आफ्नो गन्तव्य तिर लागिन ।
घर पुगेपछि आमालाई सबै बेलाबिस्तार लगाइन् । आमाबाट आफ्नो हिम्मतको कदर स्वरूप स्यबास्सी पाउने आश गरेकी निशाले उल्टै आमाको गाली खाईन् । कारण थियो नेपाली समाज, नेपाली समाजमा चेली छोरीहरुलाई यस्तो घटनामा प्रतिकार नगर्नु भन्ने सिकाउने गरिन्छ । निशाकी आमाले पनि त्यही कुरा दोहोराइन् तर समाजमा यी यस्ता उद्दण्ड केटाहरुको विरुद्ध आवाज नउठाए यिनीहरुको मनोबल अझै बढ्ने र यो भन्दा ठुलो घटना गर्न पछि पर्दैनन् । नेपाली समाजलाई यस्ता कुरामा परिवर्तन गर्न अत्यन्त आवश्यक छ । नेपाली चेलीहरुलाई प्रतिकार गर्न सिकाएर उनीहरु कमजोर होइन आफ्नो सुरक्षा गर्न सक्षम छन् भन्ने कुरा सिकाउनु पर्छ ।


अनुराधा कोइराला, तसलिमा नसरिन र बेट्टी फ्रीडन जसले समाज परिबर्तनको लागि ठुलो भूमिका खेले र अन्तत सफलता हाँसिल गरे । कोहि पनि मानिस कमजोर हुदैन भन्ने निशाले यस्ता घटनालाई वास्ता गर्न हुन्न भन्ने सामाजिक बुझाईलाई स्वीकार गर्दिनन् तर जे होस् आफुले निडर भएर त्यसको सामना गर्दै आएको अनुभव सुनाउँछिन् ।
यिनकै बहादुरीबाट प्रभावीत भएर उनी आबद्ध भएको उज्यालो फाउन्डेसन नामक संस्थाले निडर नामको मोबाइल एप्सको विकास गरेको छ । कुनै महिला तथा युवती यी र यस्ता किसिमका हिंसामा परेका छन् भने यस एप्सको मद्दतले रिपोर्ट गर्न सक्ने छन् र आवश्यक सहयोग पाउन सक्ने छन् । समाजमा आफुले भोगेको हिंसालाई लुकाएर होइन अगाडी आएर हिम्मतका साथ सामना गर्न निशाले सम्पूर्ण नारीलाई आग्रह गरेकी छिन् ।
कुराकानीको अन्तमा फेरि एक पटक निडरताका साथ मुस्कुराउँदै उनले भनिन् – I could not teach them a lesson, They look terrified and shocked when I stopped my scooty and went towards them. I slapped him the on sitting behind.


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.