-->
Loading...
उत्तर कोरियाजस्तै रहस्यमयी देश तुर्कमेनिया, २५ वर्षदेखि छ संसारबाट अलगथलग -

काठमाडौं, २७ माघ ।

उत्तर कोरिया र चीन संसारको यस्तो देश हुन् जसको बारेमा कुनै खबर सरकारभन्दा बाहिरी च्यानलबाट बाहिर आउन मुस्किल हुन्छ । यद्यपि पछिल्लो समय चीन धेरै खुला र उदार बन्दै गइरहेको छ ।

 

यस्तै एक एसियाली राष्ट्र तुर्कमेनिया नामबाट चिनिने तुर्कमेनिस्तान पनि यस्तै देश हो, जुन स्वतन्त्र देश भए पछि संसारबाट झण्डै झण्डै अलगथलग छ । तुर्कमेनिस्तान सन् १९९१ मा सोभियत युनियनबाट अलग्गिएको थियो, त्यसपछि सपरमारुत नियाजोवले त्यहाँको सत्ता सम्हाले । आफ्नो कार्यकालमा नियाजोव एउटा तानाशाहको रुपमा उभिए ।

 

राष्ट्रपतिको निर्वाचनका लागि नयाजोव मात्रै एक्ला उम्मेदवार थिए । उनले तुर्कमेनिस्तानमा सपरमारुत नियाजोवले एकदमै तिव्रताका साथ कम्युनिष्ट पार्टीको आफ्नो स्थान बनाए ।

 

उनले १९९१ मा गोर्बाचेवलाई सत्ताच्यूत गर्नको लागि गरिएको कूलाई समर्थन गरे । त्यसको बदलामा स्थानीय सर्वोच्च सोभियतले पुरस्कारस्वरुप उनलाई स्वतन्त्र राष्ट्रको राष्ट्रपति बनाइदिए ।

 

रमाइलो त त्यतिबेला भयो जब राष्ट्रपतिको चुनावको लागि नयाजोव मैदानमा एक्लै उत्रिएका थिए । तानाशाह बने पनि उनले मुलुकको लागि राम्रा कामहरु गरे । त्यतिनै बेला देशका ९९.९ प्रतिशत मानिसले उनको कार्यकाल १० वर्ष बनाउनको लागि भोट दिएका थिए ।

२००६ मा नियाजोवको मृत्यू भयो । उनको दुई कार्यकाल बाँकी रहँदै मृत्यू भएको हो । उनको मृत्यूपछि २००७ मा गुरबंगुली बर्दिमुहम्मेदोलाई नयाँ राष्ट्रपतिको रुपमा चुनियो ।

करिब ५० लाख जनसंख्या भएको यो देशमा नागरिकलाई प्राकृतिक ग्यासलगायत अनेकौं सुविधाहरु राज्यले दिँदै आएको छ ।

- See more at: http://karnalikhabar.com/news/2017/02/09/52058.html#sthash.PxThtTGa.dpuf


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.